उत्पादनमा जोड दिन नगर प्रमुख खाँणको आग्रह
वालिङ,२१ असोज– वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ ।
वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन गर्नुहुँदै उक्त धारणा ब्यक्त गर्नुभएको हो ।
विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्नुहुँदै सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो ।
“तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भन्नुभयो, “उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।”
वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताउनुभयो ।
सीप सिकेपछि ब्यवसाय सञ्चालनका लागि रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउनुकासाथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह«ेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























