कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ: एमाले अध्यक्ष ओली

काठमाडौँ,१५ असोज– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी हमेशा जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताउनुभएको हो ।

“बहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने आवश्यकता र सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने दायित्वका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता प्रदर्शन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी शारीरिक श्रम र बौद्धिक श्रममा संलग्न सबै खाले श्रमजीवी वर्गको पार्टी हो ।”

पार्टीले समाजका निम्न तथा मध्यम वर्ग र परिवर्तनमा सहयोगी हुने राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “कम्युनिष्ट पार्टी श्रमजीवी वर्ग पक्षधरताबाट कहिल्यै विचलित हुन सक्दैन ।” उहाँले कम्युनिष्ट पार्टीले विभिन्न वर्ग या समुदायका आन्दोलन सञ्चालनका लागि जनसङ्गठन निर्माण गर्न सक्ने बताउँदै विभिन्न शक्तिसँग वर्गीय र राजनीतिक मोर्चा निर्माण गर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “जनताको अभिमत लिएर सत्ता सञ्चालन गर्न सक्छ । विकास निर्माण र सामाजिक रुपान्तरणका लागि पार्टीको भूमिका सङ्गीत निर्देशकको जस्तो हुनुपर्छ, जसले विभिन्न वाद्यवादकहरूलाई एउटै लयमा परिचालित गर्दै सुन्दर धुन निर्माण गर्छ ।”

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन वाचन सुरु गरेर विस्तृत प्रस्तुतीका लागि स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई जिम्मेवारी दिनुभएको थियो ।

प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति, एमाले नेतृत्वको सरकारका उपलब्धि, संविधानको कार्यान्वयन, पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार, नयाँ सत्ता गठबन्धन गठन हुनु पछाडिका कारण, अबको बाटो, समाजवादको कार्यसूचीलगायत विषय समेटिएका छन् ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal