कांग्रेस भीरकोट सभापतिमाः अधिकारी विजयी
वालिङ,९ असोज– नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर अधिवेशनमा जिल्लामा आज भएको निर्वाचनमा भीरकोट नगरपालिकाको नगर सभापतिमा याम प्रसाद अधिकारी (लक्ष्मण) विजयी हुनुभएको छ ।
आज सम्पन्न भएको निर्वाचनमा १०० मत प्राप्त गरी अधिकारी विजयी हुनुभएको हो । अधिकारीका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।
दुई सय चार मतादाता रहेको भीरकोट नगरपालिकामा सबै मत खसेको थियो छ भने पाँच मत बदर भएको छ । त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिश प्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ ।
यसै गरी चापाकोट नगर सभापतिमा विक्रम बहादुर सारु निर्विरोध निर्वाचित हुनुभएको छ भने अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा विष्णु काफ्ले निर्वाचित हुनुभएको छ । आँधीखोला गाउँपालिका सभापतिमा नरेन्द्र पौडेल, पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी, बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल, फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा र हरिनासको सभापतिमा टोप बहादुर भुजेल टोपा निर्वाचित हुनु भएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















