कांग्रेस पूर्व सभापति गुरुङ ः एमाले प्रवेश

स्याङ्जा,६ असोज– लामो समय नेपाली कांग्रेसको राजनीतिमा सकृय रहदै आउँनुभएका नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १२ कोखेका सरल अनि शान्त स्वभावका गुरुङ मंगलबार नेकपा एमाले वालिङ नगर कमिटी द्वारा आयोजित बृहत कार्यकर्ता भेलामा एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीमा प्रवेश गराउनुभएको हो ।
तत्कालिन सिर्सेकोट गाविस हुदादेखि नै लामो समय सम्म नेपाली कांग्रेसको पार्र्टी सभापतिको रुपमा रहदै आउनुभएका कांग्रेसका विश्वासिला नेताको रुपमा पहिचान बनाउनुभएका गुरुङ एमाले प्रवेश गरे संगै नेपाली कांग्रेसलाई धक्का लागेको छ ।

२०२६ सालमाबाट विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा सकृय रुपमा लाग्दै आउँनुभएका गुरुङ कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का लागि क्षेत्रिय प्रतिनिधि समेत हुनुहुन्थ्यो । वालिङ नगरपालिका १२ कोखेलाई कांग्रेसमुक्त बनाउन आफू एमाले प्रवेश गरेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकासको लागि एमाले बाहेक अरुको विकल्प देखिएन त्यसैले एमालेमा प्रवेश गरे ।”

एमालेले जिल्लामा अयोजना गरेको पालिका स्तरिय बृहत कार्यक्रता भेला अन्तरगत पुतलीबजार नगरपालिका, चापाकोट, गल्याङ, वालिङ र कालीगण्डकी गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस लगायतका दलहरुबाट करिव ५ सय कार्यक्रता एमाले प्रवेश गरेको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)ले जानकारी दिनुभयो ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal