पहिरोले ३ घर पुर्यो एकको मृत्यु ३ घाईते
वालिङ,१३ भदौ– केही दिनदेखि परेको अविरल वर्षाले जिल्लामा मानविय संगै भौतिक संरचनामा समेत क्षती पुर्याएको छ । आज(आइतबार) दिउसो घर माथिबाट पहिरो खस्दा गल्याङ नगरपालिका १ राम्दीमा एक जनाको मृत्यु भएको छ भने ३ घर पुरिएकाछन् ।
वालिङ नगरपालिका १४ की ४० वर्षीया घनमाया उम्रा लाई बस्नेत होटलमा पुरिएर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गुल्मी छत्रकोट गाउँपालिका घर भइ होटल सञ्चालन गर्दै आउनुभएकी ३७ वर्षीय लक्ष्मी बस्नेत लाई उद्धार गरेर उपचारको लागि पाल्पा लगिएको छ । यसै गरी सोही होटलमा रहेका रुपन्देही सैनामैना नगरपालिका १ का १६ वर्षीय शिशिर योगी, भीरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायणप्रसाद तिवारीलाई उपचारको लागि पाल्पा लगिएको र मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
पहिरोले दिपेन्द्र श्रेष्ठका, लक्ष्मी बस्नेतले सञ्चालन गरेको बस्नेत होटल पुरेको छ भने सीता परियारको घरमा पनि क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । सड्क माथिबाट आएको पहिरोले सड्क समेत अवरुद्ध पारेकोले यो समाचार तयार पार्दा सड्क अवरुद्ध रहेको छ भने सड्क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार























