नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुबै खाेप लगाएकामा ९० प्रतिशत

विष्णु पाण्डेय

काठमाडौं,१३ भदौ– नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबढी विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षण उक्त नतिजा देखिएको हो ।
पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी तयार भएको देखिएको मन्त्रालयले जनाएको छ । जसले गर्दा नेपालमा लगाउदै आईएका खोपहरु प्रभावकारी समेत देखिएको मन्त्रालयको भनाई छ । हिमाल पहाड तराइ र सातै प्रदेशका सबै लिङ्ग र उमेर समूहमा समान रूपमा एन्टिबडी पैदा भएकाे पाइएकाे मन्त्रालयले जनाएकाे छ । 
जति बढी मानिसमा एन्टिबढी तयार हुन्छ खोपहरु त्यति बढी प्रभावकारी हुने मन्त्रालयको भनाई छ । धेरै मानिसहरुमा एन्टिबढी विकसित भएको देखिएप नि भाईरसले रुप बदलीरहने डर भएकाले मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुनै कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।स्रोतः गोरखापत्र

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal