गाउँपालिकाको ध्यानाकर्षण
वालिङ,१० भदौ– अर्जुनचौपारी गाउँपालिकाको बेरुजुको विषयलाई लिएर सामाजिक सञ्जालमा गरिएको टिका टिप्पणीप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा टिका टिप्पणी भएपछि गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६÷०७७ को महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिम गाउँपालिकाको बेरुजु अङ्क धेरै देखिनुमा बहुवर्षीय योजनाहरुको पेश्की रहेको जानकारी दिदै सत्यतथ्य नबुझी अमर्यादित टिका टिप्पणी नगर्न अनुरोध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्यालले पालिकाको सबै कुरा पालिका आएर नियम अनुसार बुझ्नुका साथै जानकारी लिन पाइने बताउदै अनावश्यक टिका टिप्पणीका साथै कपोकल्पित आरोप लगाउनु दुःखद भएकको बताउनुभयो ।
सामाजिक सञ्जालहरुमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई जोडेर चरम भ्रष्टाचार गरेको, आर्थिक अनियमितता गरेको भन्ने जस्ता आरोपहरु आएकाले यसलाई पुष्टि गरेर देखाउन समेत अध्यक्ष अर्यालले चुनौति दिनुभएको छ ।
गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजुहरु छिटै सम्परीक्षण गराई गाउँपालिकालाई बेरुजुमुक्त पालिका बनाउन पहल भईरहेको बताउनुभयो । महालेखाले उल्लेख गरे जस्तो पालिकामा बेरुजु नरहेको उपाध्यक्ष गुरुङको भनाइरहेको छ ।
बहुवर्षीय योजनाहरु सञ्चालन हुनु, कोभिड १९ को कारण समयमै काम सम्पन्न हुन नसक्दा र कतिपय कानूनी तथा ब्यवहारिक कठिनाई लगायतका जटिलताका साथै उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुको योजना सञ्चालन सम्बन्धमा ज्ञान, अनुभव नहुनु लगायतका कारण बेरुजु देखिएको प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताउनुभयो । कार्यक्रममा पालिका स्थित राजनीतिक दलका प्रतिनिधिका साथै पत्रकारको समेत उपस्थिती रहेको थियो ।
यसै गरी फेदीखोला गाउँपालिकाले पनि महालेखा परीक्षणको आधिकारीक प्रतिवेदनलाई तोडमोड गरेर गाउँपालिकाको बेरुजु रकमका बारेमा फैलाइएको भ्रम प्रति गाउँपालिकाको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षणको आधिकारीक प्रतिवेदन २०७८को अनुसूची २१, पाना नम्बर ७८४ क्रम संख्या ४४३ उल्लेख गरिएको गाउँपालिकाको रु १ करोड ३३ लाख ५० हजारको तथ्याङ्क पछि शुन्य थपेर झुटो प्रतिवेदन बनाएर प्रचारप्रसार गरिएकोले भ्रममा नपर्न पालिका वासिलाई आग्रह गर्नुभएको छ ।
अतिरञ्जित सूचनाको सत्य तथ्य महालेखा परीक्षकको कार्यालयको आधिकारीक वेभसाइडमा प्रकाशित सूचना बाट सबै जानकारी लिन सकिनेभएकोले प्रतिपक्षले छरेको भ्रममा कुनै सत्यता नभएको बताउनुभयो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार























