एमाले फुटाउन अध्यादेश ल्याइयोः ओली

काठमाडौं,९ भदौ– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने गरी गलत नियतसाथ सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । यसले मुलुकको राजनीतिमा दूरगामी असर पार्ने समेत अध्यक्ष ओलीले बताउनुभयो ।

स्थायी कमिटीको मङ्गलबार बसेको बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले देशको समुन्नति र प्रगति गर्ने पनि एमालेकै काँधमा रहेको बताउनुभयो ।

अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था भए पनि त्यो देश र जनताका लागि हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिले अध्यादेश जारी गर्नुपर्ने कुनै आवश्यकता नभएका बेला एमाले फुटाउनकै लागि मात्र अध्यादेश ल्याइएको उहाँले टिप्पणी गर्नुभयो । आफू प्रधानमन्त्री भएका बेला पनि अध्यादेश आए पनि त्यसबेला र अहिलेको  स्थिति फरक रहेकाे बताउनुभयाे ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले हानिकारक बाटो छाडी पार्टीको मूल प्रवाहमा आउन नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षी दललाई जसरी पनि विभाजन गर्नेगरी सरकारले अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “यो अध्यादेशको दूरगामी असर नेपाली राजनीतिमा पर्नेछ । लोकतान्त्रिक व्यवस्थाको बर्खिलापमा छ ।” पार्टी परित्याग गरेका सांसदहरुको नाम अहिलेसम्म  टाँस नगर्नुभएको गलत भएको उहाँले बताउनुभयो । सरकारको गलत कामकाजको रचनात्मक विरोध गर्नु प्रमुख प्रतिपक्षी दलको कर्तव्य भएकाले त्यसको खवरदारी जारी रहने बताउनुभयो ।

एमालेका सचिव योगेश भट्टराईले नेपाली दल विभाजनले प्रतिक्रान्ति शक्तिहरु सल्बलाउन थालेको बताउनुभयो । पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने भन्दै एकताबद्ध हुन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal