उपल्लो पेखुका प्रअ ढकालको निधन


वालिङ,५ भदौ– वालिङ नगरपालिका १४ मा रहेको उपल्लो पेखु माध्यमीक विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद ढकालको निधन भएको छ ।
कोरोना संक्रमणदेखिएपछि केही दिन देखि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारारत रहनुभएका ढकालको गएराती पोखरामा उपचारकै क्रममा निधन भएको हो ।

अर्जुनचौपारी गाउँपालिका ६ स्थायी घर भइ वालिङमा बसेर शिक्षण पेशा गर्दै आउनुभएका ढकाल नेपाल राष्ट्रिय शिक्षक संगठन वालिङका सचिव र नेल्टा स्याङ्जाका कोषाध्यक्ष समेत हुनुहुन्थ्यो । ढकालको निधनले संगठनलाई अपुर्णीय क्षेती पुगेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले ढकालको निधनमा दुःख व्याक्त गरेको छ ।

ढकालको आजै पोखरा स्थित रामघाटमा परिवार एवं आफन्तको उपस्थितीमा अन्तिम दाहासंस्कार गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय राष्ट्रिय परिषद सदस्य यामबहादुर कुँवरले जानकारी दिनुभयो । ढकाललाई गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी र कुँवरले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । ढकालको निधन संगै जिल्लामा शिक्षण पेशामा रहेका शिक्षकहरुमा त्रास बढेर गएको छ भने शिक्षक एवं विभिन्न संघ संस्थामा आवद्ध व्याक्तिहरु द्वारा दुःख व्याक्त गरेका छन् ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal