कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर
सुशीला रेग्मी
रामपुर (पाल्पा) ५ भदौ– रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् ।
उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै छिन् ।
“घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको हासिल गरेको ज्ञान, सीप र अनुभव विश्वविद्यालय अध्ययनका लागि मात्र नभएर व्यावहारिक जीवनमा पनि उपयोगी छ, हाइटेक टनेलभित्र सबै प्रविधिको ज्ञान सीप लिने र बुझ्ने अवसर मिलेको छ”, उनले भनिन् ।
रोल्पादेखि रामपुर पुग्न सडक सहजै भएमा एक दिन लाग्छ । सार्वजनिक गाडीमा भाडा शुल्क मात्रै रु एक हजार ५०० लाग्छ । घर नजिकै अर्थात् छिमेकी जिल्ला, अन्यत्र ठाउँको तुलनामा यहाँ आफ्नो जीवनोपयोगी हुने प्रविधि र सिकाइले उनलाई धेरै सहज भएको छ ।
यस्तै प्यूठानको झिमरुक गाउँपालिका–३ ओखरकोट आलखोला घर बताउने जलजला केसीलाई पनि रामपुरमै नयाँ प्रविधिसहितको सुविधा भएको खबरले रामपुरलाई नै सिकाइ थलो बनाएकी छिन् ।
रामतुलसी मावि कृषि बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत केसीले विद्यालय नजिकै रहेको कृषि शाखा कार्यालयमा निर्माण भएको हाइटेक टनेलमा नयाँ प्रविधि सिक्ने अवसर पाएपछि अन्यत्र ठाउँ खोज्दै भौतारिनुपर्ने समस्या टरेको बताइन् ।
“कृषि प्रयोगात्मक अध्ययनका लागि विभिन्न ठाउँमा जानुपथ्र्यो, सबै ठाउँमा हाम्रा लागि आवश्यकपर्ने सबै सुविधा हुँदैनथ्यो, यति ठूलो क्षमताको हाइटेक अन्य जिल्लामा कमै हुन्छ, यहाँ त दैनिक नयाँ प्रविधिसँग काम गर्ने अवसर मिलेको छ”, केसीले भनिन् ।
उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र नमूना भएकाले पनि अहिले कृषि बाली विज्ञान पढ्ने विद्यार्थीका लागि तालिम सिकाइ केन्द्र बनेको छ ।रासस
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















