कोरोना संक्रमण निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढ्दो
विष्णु पाण्डेय
काठमाडौ,३ भदौ – कोरोना संक्रमण निको भएकाहरूमा पनि पोष्ट कोभिड (कोभिड निको भए पछि हुन समस्या)को जोखिम बढीरहेको चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमण निको हुँदै जाँदा पोष्ट कोभिडका बिरामीहरूको संख्या पनि बढ्दै गएको उनीहरूले बताएका हुन् ।
ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा.राजु पंगेनीले कोरोना संक्रमितहरुले चाँडै उपचारमा ध्यान नदिँदा पोष्ट कोभिडका बिरामीको संख्यामा वृद्धि हुने गरेको बताउनुभएको छ । ह्याम्समा उपचार पछि निको भएका ५० प्रतिशत मानिसहरु पोष्ट कोभिडको समस्या लिएर आउने गरेको उहाँले बताउनुभयो । कोरोना संक्रमितहरुको उपचारमा ढिलाई हुँदा पोष्ट कोभिडका लक्षणहरू बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिड देखिएका अधिकांशमा खुट्टा दुख्ने, श्वासप्रश्वासमा समस्या हुने ,मुटु हल्लिएको अनुभूति हुने, शरीरमा शक्ति नै नभएको महसुस हुने खालका लक्षण देखिने गरेको उहाँ बताउनुहुन्छ ।
कोरोना संक्रमण भएकाहरूमा अक्सिजनको मात्रा कम भएर अस्पताल पुगेकाहरूमा पोष्ट कोभिडको लक्षण बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिडको लक्षणहरू हराउनको लागि सामान्यतया चार महिना लाग्न सक्ने तर मनोवैज्ञानिक रूपमा यस्ता लक्षणहरू हराउनको लागि छ महिनासम्म लाग्न सक्ने उहाँ बताउनुहुन्छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सन्तकुमार दास पनि कोभिड निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढेको स्वीकार्नुहुन्छ । कोरोना संक्रमण भएर निको भएका बिरामीमा पोष्ट कोभिडको जोखिम उच्च रहेको उहाँको भनाई छ । आईसियूमा उपचार गरेर निको भएका कोभिडका बिरामीमा पोष्ट कोभिडका लक्षणहरू धेरै देखिने गरेको उहाँले बताउनुभयो । पुरुषको तुलनामा महिलामा पोष्ट कोभिडको जोखिम बढी देखिने गरेको उहाँ बताउनुहुन्छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले पनि कोरोना संक्रमित निको भएपछि पोष्ट कोभिडका लक्षणहरू देखिएको बताउनुभएको छ । पोष्ट कोभिड भएका बिरामीहरूमा मनोपरामर्शको एकदमै आवश्यकता रहेको उहाँले बताउनुभयो । “विशेषगरी पोष्ट कोभिडका लक्षणहरू आईसीयूमा पुगेर रिकभर भएका बिरामीहरूमा धेरै देखिएको छ । उनीहरूले अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ की भन्ने मनोभाव राखेको पाइएकाले कोभिड निको हुनेहरूलाई मनोपरामर्शको आवश्यकता देखिएको छ उहाँले भन्नुभयो ।”पोष्ट कोभिडका लक्षहरू युवा नै धेरै देखिने गरेको उहाँ बताउनुहुन्छ । गोरखापत्र
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















