अध्यादेशको विरोधमा प्रदर्शन
मोहन सुनार
वालिङ,२ भदौ– सरकारले दल बिभाजनको लागि अध्यादेश ल्याएको भन्दै वालिङमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भात्रृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले संयुक्त रुपमा वालिङमा नाराजुलुस सहित विरोध प्रदर्शन गरेको हो ।
सरकारद्वारा जारी दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ को विरोधमा प्रदर्शन गरेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर, मापसे सरकार मुर्दावाद, सुकुम्बासी रोएको छ । देउवा सरकार कहाँ छ, लगायतका प्लेकार्ड सहितको जुलुशले वालिङको मुख्य बजारको चोकमा कोणसभा गरेको हो ।
वालिङ मोडमा भएको प्रदर्शनमा अनेरास्ववियुका केन्द्रिय सगुन रानाले अदालतको आदेशमा बनेको सरकारले नागरिकको बाँच्न पाउने अधिकार खोसेको आरोप लगाउनुभयो । उहाँले ओली नेतृत्वको सरकारलाई अदालतको निर्णयमा षड्यन्त्रपूर्वक पाखा लगाइएको आरोप लगाउँदै सुकुम्बासी आयोग खारेज गरेर भूमिहिनहरुको बास खोसेकोमा आपत्ति जनाउनुभयो ।
बुधबार भएको प्रदर्शन तथा कोणसभामा राष्ट्रिय युवा संघ,वालिङ नगर कमिटिका अध्यक्ष विवेक पराजुलीले देउवा नेतृत्वको सरकार व्यक्तिगत र दलिय स्वार्थमा डुबेको आरोप लगाउनुभयो । उहाँले अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकार असफल भएको समेत बताउनुभयो ।
अध्यक्ष पराजुलीले व्यक्तिगत स्वार्थको लालसाका कारण सरकारले मन्त्रीमण्डल विस्तार गर्न नसकेको आरोप लगाउँदै देशलाई अस्थिरतातर्फ धकेलेकोले सरकार नागरिक प्रति अनुत्तरदायी बनेको बताउनुभयो । यसै गरी सरकारले ल्याएको अध्यादेश विरुद्ध एमाले निकट भात्रृ संगठनले देशैभर प्रदर्शन गरेकाछन् ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार























