भीरकोट साना किसानद्वारा चल्ला वितरण

वालिङ,२ भदौ– भीरकोट साना किसान सहकारी संस्थाले कुखुराका चल्ला वितरण गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकल कुखराका चल्ला वितरण गरेको हो ।

चाडबाढमा प्रयोग गर्न मिल्ने गरी कुखुराका चल्ला वितरण गरिएको सहकारीका अध्यक्ष विश्वनाथ अर्यालले बताउनुभयो । करीब ६ हजार चल्ला निशुल्क वितरण गरिएको सहकारीले जनाएको छ । सहकारीद्वारा वितरण गरिएका चल्लाले निम्न आर्थिक अवस्था भएका किसानहरुलाई आयआर्जमा सहयोग पुग्ने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।

यसअघि सहकारीले बट्टाई, कालिज, टर्की, बोइलरका साथै लोकल कुखुराका चल्ला वितरण गरेको थियो । सहकारीमा अवद्ध किसानहरुले आयआर्जनमा जोडिनको लागि कुखुरा पालन गर्न चाहेकोले सहकारीले पुन चल्ला वितरण गरेको हो ।

२०७५ सालमा स्थापना भएको भीरकोट साना किसान सहकारी संस्थामा हाल ६ सय बढि शेयर सदस्य रहेकाछन् । निम्न आयस्रोत भएका किसानलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उदेश्यले सहुलियत दरमा ऋण समेत उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal