भीरकोट साना किसानद्वारा चल्ला वितरण

वालिङ,२ भदौ– भीरकोट साना किसान सहकारी संस्थाले कुखुराका चल्ला वितरण गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकल कुखराका चल्ला वितरण गरेको हो ।

चाडबाढमा प्रयोग गर्न मिल्ने गरी कुखुराका चल्ला वितरण गरिएको सहकारीका अध्यक्ष विश्वनाथ अर्यालले बताउनुभयो । करीब ६ हजार चल्ला निशुल्क वितरण गरिएको सहकारीले जनाएको छ । सहकारीद्वारा वितरण गरिएका चल्लाले निम्न आर्थिक अवस्था भएका किसानहरुलाई आयआर्जमा सहयोग पुग्ने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।

यसअघि सहकारीले बट्टाई, कालिज, टर्की, बोइलरका साथै लोकल कुखुराका चल्ला वितरण गरेको थियो । सहकारीमा अवद्ध किसानहरुले आयआर्जनमा जोडिनको लागि कुखुरा पालन गर्न चाहेकोले सहकारीले पुन चल्ला वितरण गरेको हो ।

२०७५ सालमा स्थापना भएको भीरकोट साना किसान सहकारी संस्थामा हाल ६ सय बढि शेयर सदस्य रहेकाछन् । निम्न आयस्रोत भएका किसानलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उदेश्यले सहुलियत दरमा ऋण समेत उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal