चापाकोटका मेयर शिवकुमार गिरीलाई अदालतद्वारा १५ दिन भित्र उपस्थित हुन आदेश


वालिङ,३२ साउन– चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीलाई उच्च अदालत पोखराले १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । उच्च अदालत पोखरामा नगरपालिकाका प्रमुख गिरीलाई विपक्षी बनाएर मुद्धा दायर गरिएपछि अदालतले नगरप्रमु गिरीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

नगरपालिकाले प्रकृया पुरा नगरी मापदण्ड विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै गठित समिति तत्काल खारेज गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको अदालतले जनाएको छ ।
नगरपालिकाका नगरप्रमुख गिरीले अभिभावकको अधिकारलाई कुन्ठित गर्ने गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गरेको भन्दै उहाँविरुद्ध चापाकोट नगरपालिका १० निवासी चिनुमाथा श्रेष्ठ, विवेक अधिकारी, शोभाकान्त खनाल, शंकर थापा र राम बहादुर श्रेष्ठले मुद्धा दिनुभएको थियो ।
राज्यको जिम्मेवार निकायले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गर्दा असंवैधानिक गैरकानूनी, अमर्यादित र स्वेच्छाचारी तरीकाले गरेको भन्दै निर्णय खारेज गर्न माग गर्दै आदालतमा रिट निवेदन परेको हो ।
चापाकोट नगरपालिकाले मापदण्ड विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै परमादेश माग गर्दै परेको मुद्धामा निवेदको तर्फबाट अधिवक्ताद्धय युवराज पराजुली र राजाराम घिमिरेले बहस गर्नुभएको थियो ।
उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो र आदेश जारी जारी हुनु नपर्ने कुनै आधार कानून भए सो समेत उल्लेख गरी १५ दिनभित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आज आदेश जारी गरेको छ ।
अन्तरिम आदेशको सम्बन्धमा भदौ ९ गते विपक्षी र निवेदक दुवैलाई अदालतले छलफलको लागि बोलाएको छ । यस अघि चापाकोट नगरपालिका आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा चापाकोट १० बोटेटारको जनज्योति माविका अभिभावहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal