अब वालिङमा एप्समार्फत भुक्तानी गर्न सकिने

वालिङ,३२ साउन– नगरवासीले घरमै बसेर एप्समार्फत बिभिन्न महशुल बुझाउन पाउने पाउने भएकाछन् । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आइतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।
नगरपालिकाले बुटवल पावर कम्पनी तथा वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाईल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने भएको ईञ्जिनियर अर्यालले बताउनुभयो ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजश्व तथा विद्युत र खानेपानी कार्यालयको महशुल भुक्तानी गर्न पाउने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“घरमै बसेर पनि नगरपालिकाको एप्स तथा अन्य एप्सहरुको प्रयोगमार्फत भुक्तानी गर्न अव कार्यालयसम्म जानुपर्ने छैन” प्रमुख खाँणले भन्नुभयो, “कार्यालयसम्म जान नपर्ने भएपछि समयको वचत हुनुकासाथै विशेष गरी अहिलेको कोभिड १९ को महामारीका समयमा भीडभाड पनि कम हुने छ ।”
नगरपालिकाले भुक्तानीका लागि विभिन्न आधिकारिक कम्पनीहरुसँग सम्झौता गरेर अगाडि बढिसकेको प्रमुख खाँणले बताउनुभयो । घरबाटै बिभिन्न प्रकारको महशुल बजाउन पाउने भएपछि नगरवासीलाई सहज हुने भएको छ ।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार