अब वालिङमा एप्समार्फत भुक्तानी गर्न सकिने

वालिङ,३२ साउन– नगरवासीले घरमै बसेर एप्समार्फत बिभिन्न महशुल बुझाउन पाउने पाउने भएकाछन् । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आइतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

नगरपालिकाले बुटवल पावर कम्पनी तथा वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाईल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने भएको ईञ्जिनियर अर्यालले बताउनुभयो ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजश्व तथा विद्युत र खानेपानी कार्यालयको महशुल भुक्तानी गर्न पाउने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“घरमै बसेर पनि नगरपालिकाको एप्स तथा अन्य एप्सहरुको प्रयोगमार्फत भुक्तानी गर्न अव कार्यालयसम्म जानुपर्ने छैन” प्रमुख खाँणले भन्नुभयो, “कार्यालयसम्म जान नपर्ने भएपछि समयको वचत हुनुकासाथै विशेष गरी अहिलेको कोभिड १९ को महामारीका समयमा भीडभाड पनि कम हुने छ ।”

नगरपालिकाले भुक्तानीका लागि विभिन्न आधिकारिक कम्पनीहरुसँग सम्झौता गरेर अगाडि बढिसकेको प्रमुख खाँणले बताउनुभयो । घरबाटै बिभिन्न प्रकारको महशुल बजाउन पाउने भएपछि नगरवासीलाई सहज हुने भएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal