उपल्लो मुस्ताङमा यार्तुङ पर्व शुरु,सावधानी अपनाएर मनाइँदै (फोटो फिचर)

अमृतप्रसाद पौडेल

बेनी,३१ साउन– हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेकका बासिन्दाहरुको मौलिक पर्व यार्तुङ शुक्रबारदेखि लोमन्थाङमा शुरु भएको छ ।
विश्वभर कोभिड–१९ को महामारीले आक्रान्त भै रहेको वर्तमान अवस्थामा पनि सामाजिक अनुसासनलाई चुस्त राखेका मुस्ताङीहरुले आफ्नो पुरानो पर्व यार्तुङ शुक्रबारदेखि शुरु गरेका हुन् । तीन दिनसम्म चल्ने यो पर्व तामझाम भन्दा पनि बिधि पु¥याएर मात्रै मनाउन लागिएको लोमन्थाङका युवा छेवाङ रिन्जीङ गुरुङले बताउनुभयो । परापूर्वकालदेखि नै मनाइदै आएको पर्वलाइ निरन्तरता दिने कार्य मात्र अहिले भएको गुरुङको भनाइ छ ।

उपल्लो मुस्ताङमा हुने यार्तुङ मेलामा मुस्ताङी राजा सहभागी हुने र उहाँबाट आशिर्वाद थाप्नका लागि उपल्लो भेकका गाउँ मुखीयाहरु सहभागी हुने चलन रहेको थियो । नेपालबाट राजतन्त्र हटेर गणतन्त्र स्थापना भए पनि उपल्लो मुस्ताङीले राजारानीलाई सम्मान र आदर गर्छन् । राजा जिग्मे पलवर विष्टको निधनपछि उहाँको स्थानमा झिग्मे सिङ्गे पलबर बिष्ट राजाको भूमिकामा हुनुहुन्छ । यार्तुङमा गाउँ मुखियालाई राजा रानीले आशीर्वाद दिएलगत्तै यार्तुङ पर्व शुभारम्भ गरिन्थ्यो । कोरोनाका कारण गत वर्ष र यो वर्ष लगातार दुई वर्ष यार्तुङ पर्वमा मुस्ताङी राजारानीको सहभागी हुन भएको छैन ।

कोरोनाका कारण मुस्ताङी राजा काठमाडौंमा बस्दै आएकोले राजारानीको उपस्थित नभएपनि पर्वलाई जोगाउने दायित्व भएको आफूहरुले पर्व आयोजना गरेको युवाहरुको भनाइ छ । बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को दिन्छ । यसपटकको यार्तुङ खासगरी पर्वलाई निरन्तता दिनकै लागि मात्र पर्व सुरु गरिएको लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । अध्यक्ष बिष्ट भन्नुहुन्छ–‘तमकझमक भन्दा पनि परापूर्वकालदेखि चल्दै आएको संस्कार नरोकियोस भनेर मात्रै युवाको अगुवाइमा भएको हो ।’ १६ औं सताब्दीबाट भएको भन्ने आफूहरुले सुनेको भए पनि यार्तुङ मेला निकै पुरानो मध्येको संस्कार रहेको अध्यक्ष बिष्टको भनाइ छ ।

हिमालपारीको जिल्ला मुस्ताङका बासिन्दाहरु वर्षा सकिए पछि हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने परम्परा नै रहेको छ । यही परम्परा सँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाइ छ । जाडो छल्नका लागि बेँसी झर्नु पहिला तीन दिनसम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको समिश्रण हो यार्तुङ । उपल्लो मुस्ताङमा यार भनेको बर्खा र तुङको अर्थ हिँउदको आगमन भन्ने बुझीन्छ ।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टका अनुसार यार्तुङको तीन दिनको अवधिमा पहिलो दिन गाउँका ज्येष्ठ नागरिकले घोडा कुदाउँछन्, पर्वको दोस्रो दिन महिलालाइ बढी प्राथमिकता सहित पुरुष पनि र तेस्रो दिन गुम्बाका लामाहरुले घोडा कुदाउँछन् । यस वर्ष पर्वको जगेर्ना मात्र गर्नका लागि भीडभाड कम गरेर पर्व आयोजना गरीएको अध्यक्ष सुवर्ण विष्टको भनाइ छ । स्रोतः गोरखापत्र

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal