किशोरीमै एकल भएकी सपनाको सपना

नानीमैया कटवाल

सप्तरी,३१ साउन – सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ । १६ वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् ।

फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो । श्रीमान्को मृत्यु हुँदा उनी १८ वर्षकी थिइन्, काखमा थिइन् छ महिनाकी छोरी राधिका ।

श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात प¥यो । सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै कुट्नसमेत थालिन् । दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमान्को मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले । दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके । एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन् ।

काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो । सबै यातना सहे पनि दुधे शिशुप्रति रुखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन । आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ ।

विवाह पछि छुटेको पढाइलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन मानेका छैनन् । विवाह भइसकेकाले स्व श्रीमान्कै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ ।

विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमान्को हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो ।

“छोरी सानै छ । एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु”, गुनासो गर्दै सपनाले भनिन् “थाहै नपाएर कलिलै उमेरमा बिहे भयो । बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुप¥यो । अब कसरी बाँच्ने ।”

आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ । ढिलै भए पनि पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कमसमेत गर्दै आएकी छिन् ।

सपनाले भनिन्, “म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु तर नागरिकता छैन के गरुँ रु” कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष लिएकी उनले भनिन्, “योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ । श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन् । ”

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् “नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु।”

ताजा

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

२०८२ पुष २७ गते, आईतवार

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

२०८२ पुष २७ गते, आईतवार

अकला नमुना साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

२०८२ पुष २५ गते, शुक्रबार

प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

वालिङमा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

पाउँदुर ओडारेका रिजाल र स्वादिलो सुन्तला

२०८२ पुष २१ गते, सोमबार

सडक कालाेपत्रे

२०८२ पुष २० गते, आईतवार

आँधीखोला काेरिडोरको अर्मादी खोलामा पक्की पुल निर्माण गरिँदै

२०८२ पुष २० गते, आईतवार

एमाले स्याङ्जाले गर्याे २१ आकाङ्क्षीकाे नाम सिफारिस

२०८२ पुष १९ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal