आचार्यलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले गर्यो आर्थिक सहयोग

 सुनिल न्यौपाने

चापाकोट,३१ साउन – नसा सम्बन्धी रोगले विगत ३  वर्षदेखि बिरामी भई विस्तारामा पर्नुभएका चापाकोट नगरपालिका २ स्वामिभन्ज्याङका गुणनिधी आचार्यलाई स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितीले आर्थिक सहयोग गरेको छ।

स्याङ्जा सहयोग समाज कतारका पुर्व अध्यक्ष तथा  सल्लाहकार रामु बस्यालको उपस्थिती तथा स्याङ्जा सहयोग समाज युएई सास्कृतिक विभाग प्रमुख प्रकाश ढकालको संयोजकत्वमा ११ हजार रुपैयाँ प्रदान गरिएको छ।

आचार्यको उपचारका लागि थप सहयोग गर्ने ढकालले बताउनुभयो। केन्द्र सरकारले बिपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको भन्ने सुन्नमा आएपनि दूरदराजका ज्येष्ठ नागरिकले भने उक्त सेवा अझै लिन नसकेको पीडित आचार्यले गुनासो गर्नुभयो। तीन छोरी र श्रीमतीका अभिभावक आचार्य विगत ३ वर्षयता खुट्टा नचल्ने र कम्मरमुनिको भागमा अत्यधिक पिडा हुने लगायतका समस्याले ग्रसित भएपनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बिवश हुनुहुन्छ ।

छोराछोरीको पालनपोषणका लागि आचार्यकी श्रीमतीले कठोर संघर्ष गरिरहनुभएको छ । आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि छोरीहरु साथै श्रीमतीको अभिभावक बन्न नसकेकोआचार्यले बताउनुभयो।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal