सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

चाँदनी हमाल

काठमाडौँ,३० साउन – सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।
कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।
चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।
चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।
अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।
चार दिनपछि अगस्ट ११ को विवरणअनुसार अफगानिस्तानमा मृत्युदर ४.६ नै कायम रहे पनि सक्रिय सङ्क्रमणको दर घटेर २६.६ प्रतिशतमा झरेको छ । त्यस्तै बङ्गलादेशमा पनि मृत्यु दर उही तर सक्रिय सङ्क्रमण दुई प्रतिशतले घटेको छ ।

त्यस्तैगरी भुटानमा मृत्युदर उही र सक्रिय सङ्क्रमणको दर आधा घटेर २.३ प्रतिशतमा झरेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी सङ्क्रमणको दर रहेको माल्दिभ्समा चार दिनको अवधिमा मृत्युदर ०.३ पुगे पनि सङ्क्रमणको दर अत्यधिक कटौती हुँदै ३.४ प्रतिशत कायम हुन पुगेको छ । पाकिस्तानमा भने मृत्युदर उही रहे पनि सङ्क्रमणको दर एक प्रतिशतलेमात्र बढेको छ । श्रीलङ्कामा पनि सोही अनुपातले सङ्क्रमणको दर एक प्रतिशले मात्र बढेको देखिन्छ ।
मानिस अनुशासित नहुँदा बढ्यो
सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा बढी ओहोरदोहोर हुने भारतलगायत अन्य सार्क मुलुकमा डेल्टा भेरियन्टले पनि सङ्क्रमण बढाउन नसक्नुमा त्यहाँको कडा अनुशासन कारक रहेको चिकित्साविज्ञहरू बताउनुहुन्छ । नेपालमा भने त्यो अनुशासन लौरो लगाएर घरमै थुन्नुपर्ने अवस्थाको रहेको जिकिर उहाँहरू गर्नुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार भारतमा जनसङ्ख्या धेरै भए पनि सबै परीक्षणको पहुँचमा पुगेको अवस्थामा छ । तर नेपालमा गाउँगाउँमा एन्टिजेन किट पठाइए पनि परीक्षण नगरी घरमै बस्नेको सङ्ख्या धेरै छ । हालसम्म २१ लाख एन्टिजेन किट पठाएकामा तीन लाख ८० हजार ५५ को मात्र परीक्षण भएको छ । उहाँले भन्नुभयो, ‘‘खोपकै अनुपातको विश्लेषण गर्ने हो भने प्रतिजनसङ्ख्याको तुलनामा भारतमा भन्दा नेपालमा खोप बढी लगाइएको छ । ” उहाँका अनुसार नेपालमा ९.३४ प्रतिशले पूरै मात्राको खोप लगाइसकेका छन् । भारतमा ८.३७ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण खोप लगाएको अवस्था छ ।
नेपालमा विद्यालय र विश्वविद्यालयबाहेक अन्य सबै क्षेत्र खुला छ । योसहितको विश्लेषण गर्ने हो भने अहिलेको सङ्क्रमण निकै न्यून रहेको दाबी डा. अधिकारीले गर्नुभयो । उहाँले थप्नुभयो, “सङ्क्रमणको दर बढेको देखिए पनि अस्पतालमा धेरै भर्ना दर छैन । यसले पनि सङ्क्रमण विस्तारै खुम्चिँदै जाने सम्भावना जीवितै देखाउँछ । ”
अर्का चिकित्साविज्ञ डा. समीरमणि दीक्षितले भने एकैचोटि कडा बन्दाबन्दीबाट खुकुलो वातावरण हुँदा नेपालमा कोभिडको डेल्टा भाइरसले फैलने अवसर पाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो एकदमै सङ्क्रामक छ, मानिसको सामान्य लापरवाहीले पनि बढ्छ । ”स्रोतःगोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal