फुटबल खेलाडी नेपालीलाई अर्थिक सहयोग
वालिङ,३० साउन– आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा संकलित दुई लाख ५९ हजार रुपैंया शुक्रबार शान्तालाई हस्तान्तरण गरिएको हो ।
वालिङ नगरपालिका ८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा संकलन गरिएको रकम वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले एक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करीब पाँच आना घडेरी खरिद गरिसकेको नगर प्रमुख खाँणले बताउनुभयो । “खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो” प्रमुख खाँणले भन्नुभयो, “यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।”
खेलाडी तथा खेलाडीको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउदै नगर प्रमुख खाँणले खेलाडीहरुलाई जीवनयापनका लागि रोजगारीको अवसर र एक लाख सम्मको निशुल्क स्वास्थ्य बीमाको ब्यवस्थापन गर्ने बताउनुभयो । “नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन ग¥यौं” नगर प्रमुख खाँणले भन्नुभयो, “तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद हो ।”
कार्यक्रममा नेप्लेजका मुक्तिबाबु रेग्मीले विभिन्न संस्था तथा ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने दाताहरुप्रति आभार ब्यक्त गर्नुभयो । आफुलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न ईच्छा भएको र अफ्नो त्यो सपनालाई एकदिन साकार पारेर छोड्ने शान्ताको भनाइरहेको छ ।
नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराईदिएको खबरले आफुलाई निकै खुशी लागेको बताउदै अब खेल क्षेत्रमा अझै बढी समय दिने र वालिङसँगै नेपालकै गरिमालाई उचाईमा पु¥याउने शान्ता बताउनुहुन्छ । शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपंक्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय लिगमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आएकी शान्ता अग्रपंक्तिकी रोजाईकी खेलाडी हुन् ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















