पल र गरिमाको केमेष्ट्री
नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चाको खबर बजारमा चल्ने गरेको छ । पल र गरिमाले एकसाथ भिडियोमा काम गर्न थालेपछि उनीहरु नजिक भएका थिए । यसपछि भने उनीहरुको प्रेमको खबर निरन्तर रुपमा सार्वजनिक भैरहेको छ । तर, पल र गरिमाले प्रेमको खबरलाई स्विकार भने गरेका छैनन् ।
मंगलबार काठमाडौंमा पल र गरिमा अभिनित ‘एउटा सपना छ’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । सो अवसरमा उपस्थित भएका नायक पल शाहले गरिमासँगको सम्बन्धको बिषयमा भने–‘म गरिमासँग उनको कामको बिषयमा छलफल गर्छु । कसरी कामलाई राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा हाम्रो कुरा हुन्छ । यो बाहेक अरु हामी केही पनि गर्दैनौं ।’
गरिमाले आफूले जीवनसाथी बनाउँदा मन मिल्ने, कुरा मिल्ने मानिस खोज्ने बताइन् । यस्तै, पलले पनि बिहेको बिषयमा कुरा गर्दैै भने–‘कोही मानिससँग बिहेको कुरा गर्दा उसको पृष्ठभूमी भन्दा पनि उसको मन हेरेर म रोज्छु ।’ ‘एउटा सपना छ’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । गीतमा मुन प्रसाँइले स्वर दिएकी छिन् । हरि हुमागाँइले भिडियोको निर्देशन गरेका हुन् ।स्रोतःअनलाइनखबर
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






















