‘भाउजू सांसद’ एमालेमा फर्केपछि ६६ लाखको हिसाब
‘
काठमाण्डौँ,१७ साउन– लुम्बिनीमा सत्ता परिवर्तनको खेल हुनै लाग्दा माओवादीको पक्षमा खुलेकी एमाले सांसद विमलाकुमारी वली (भाउजू सांसद) ले एकाएक कित्ता फेरिकी छन् । उनी माओवादी नेताहरूलाई जिल्ल पार्दै एमालेमै फर्किएपछि कुलप्रसाद केसीलाई झन् तनाव थपिएको छ ।
केसीकाे मुख्यमन्त्री पद मुखैमा परेको बेला सांसद विमलाले समूह फेरेकी हुन् । उनी नेकपा–ताका श्रीमान उत्तरकुमार वलीको ठाउँमा सांसद बनेकी हुन् । सांसद वलीले दुई महिनाअघि केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै माओवादी खेमा प्रवेश गरेकी थिइन् । तर एमाले नेताहरूले भने सूर्य छापकै सांसद भएको दाबी गर्दै आएका थिए ।
एमालेकै आँगनमा हुर्किएकी उनी किन दुई महिनाअघि एकाएक माओवादी भइन् ? उनको दुःख कल्ले बुझ्ने? श्रोतका अनुसार बिमलाको कथा लामो छ । उनका श्रीमान कुनै समय मुख्यमन्त्री शंकर पोखरेलका ‘दाहिने हात’ मानिन्थे । उत्तरको सडक दुर्घटनामा मृत्यु भएपछि उप–चुनाव जितेकी उनी कहिले माओवादी त,कहिले एमालेतिर वरपर गरिरहेकी छन्।
उप–चुनाव लड्दा लगाएको ऋणको भारी उस्तै छ । श्रीमानले पनि ऋणमाथि ऋण थपिदिएका छन् । तर सांसद जितेपछि सोधेन एमालेले,सुनेनन् मुख्यमन्त्रीले। ‘धन बिनाको मन ठूलो कि,मन बिनाको धन’भने झैं सांसद वली सोच्दै थिइन् टुप्लुक्क आइपुगे भगवानरुपी माओवादीहरू । सत्ताको रस्साकस्सी चलिरहेका बेला सहयोगको बाचा गर्दै बुटवलस्थित सांसदहरू थुनिराखेको होटलसम्मै पुर्याए। उनलाई एमाले छाड्न लगाउने ‘ठेकेदार कमरेड’ले भने, ‘भोट हाम्लाई,पैसा तपैलाई’। आखिर मनै न हो विमलाले पनि भनिदिइन्,हवस् ।
होटलमा सांसदहरूको औँला गन्दै बसेकी थिइन्,पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बराल । उनीहरूको छेउमै पुगी ‘ठेकेदार कमरेड’ले भने,‘शंकरको निवासबाटै भाउजूलाई ल्याएँ थुतेर,अब पैसा चाहियो ? माओवादीले मुख्यमन्त्री पाउने पक्का।’ कुलप्रसाद हतार–हतार ओनसरी र सुदर्शन कहाँ पुगी खासखुस मात्रै गरेका थिए, विमलाले ६६ लाख पाउने पक्का भो…।
यसरी दुई महिनाअघि विमलालाई माओवादीमा भित्र्याउन माओवादी नेत्री ओनसरीसहित सुदर्शनले ६६ लाख खर्च गरेको चर्चा सेलाएकै छैन । माओवादीनिकट स्रोतका अनुसार विमला एमालेमै फर्किएपछि ६६ लाखको तनावले ओनसरी र सुदर्शन हैरानीमा रहेका छन् ।
उनी दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपा हुँदा निर्वाचित भएकी थिइन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन्। स्रोतः जनआस्था
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















