लुम्बिनी प्रदेशको समृद्धिका लागि कालीगण्डकी डाइभर्सन परियोजना
निरा गौतम
रुपन्देही,१७ साउन– नदीको सभ्यता जोगाउँदै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
समृद्धि सरोकार केन्द्र र स्तम्भकार समाज रुपन्देहीले आज बुटवलको जितगढीमा आयोजना गरेको कार्यक्रममा सहभागीले लुम्बिनी प्रदेशको विकास र समृद्धिका लागि परियोजना महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनुभयो । उनीहरुले कालीगण्डकी डाइभर्सन गर्दा हुने लाभको सन्तुलित बाँडफाँट गरीे काम अघि बढाउन सुझाव पनि दिनुभयो ।
सो अवसरमा संविधानसभा सदस्य नेत्र पन्थीले कृषिको विकासमार्फत प्रदेशका नागरिकलाई आत्मनिर्भर बनाउन कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । “तराई अन्नको भण्डार हो, यो भण्डारले देशलाई धान्ने बनाउन पर्याप्त सिँचाइ आवश्यक हुन्छ, यसका लागि नदी डाइभर्सन जरुरी छ”, उहाँले भन्नुभयो ।
संस्कृतिविद् झपेन्द्र जिसीले जनताको हितका लागि प्राकृतिक सम्पदाहरुको प्रयोग गर्दा कसैले विरोध गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नदी विकास र समृद्धिका लागि हुन्, विकासका कुरालाई धर्मसँग जोडेर विरोध गर्नुहुँदैन ।”
नेकपा ९एमाले०का क्षेत्रीय इञ्चार्ज तेजेन्द्र केसीले जनताको बहुदलीय जनवादमा मदन भण्डारीले उल्लेख गर्नुभएको कार्यक्रमका रूपमा रहेकाले यो आयोजना सम्पन्न गर्ने जिम्मेवारी उहाँकै पार्टीका नेता विष्णु पौडेलले लिनु सान्दर्भिक र औचित्यपूर्ण हुने बताउनुभयो । तथापि राष्टिय गौरवको आयोजना भएकाले सबै पार्टीले उत्तिकै जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई उर्वरभूमिका रूपमा विकास गरी कृषि उत्पादन बढाएर आर्थिक समृद्धि हासिल गर्न कालीगण्डकी डाइभर्सन आवश्यक रहेकाले यसलाई पूर्णता दिन सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले कुनै नयाँ योजना शुरु हुँदा राजीनितक हिसाबले विरोध हुने गरेकोे बताउँदै विकासका योजनालाई साक्षी भावले हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईँले कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयनपछि लुम्बिनीको मुहार बदलिने दाबी गर्नुभयो । “विकासका योजनामा राजनीति गर्न जरुरी छैन । सबैले सहकार्य गरौँ, यो आयोजनाले लुम्बिनीको कायापलट गर्छ”, उहाँले भन्नुभयो । यो परियोजनाको गण्डकी प्रदेशले विरोध गरेको नभई हिस्सेदारी खोजेको बताउनुभयो ।
पानस फाउण्डेशनका अध्यक्ष डिआर घिमिरेले नागरिकको हितमा हुने कुनै पनि आयोजना सफल बनाउन सबै जना एक ठाउँमा उभिनुपर्ने बताउँदै साझा मुद्दामा अनाश्यक विरोध उचित नहुने उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद बञ्जाडेले परियोजना हेर्दा राम्रो देखिए पनि भारत केन्द्रित भएको आशङ्का व्यक्त गर्दै यसको कार्यान्वयनका लागि गण्डकी प्रदेशका नागरिकको राय बुझनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नगर उपसभापति विमलराज भट्टराईले बारीखेतमा सिँचाइको प्रबन्ध हुन नसक्दा खेती गर्न समस्या भएकाले कालीगण्डकी नदीको पानी दुई किलोमिटरमाथिसम्म पु¥याएर बाह्रै महिना खेती गर्न मिल्ने तरिकाले सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले देशमा भएका प्राकृतिक स्रोत साधनको भरपूर प्रयोग हुन नसक्दा विकासले गति लिन नसकेको भन्दै खेत बाँझै रहने तर, पानी बगिरहने भइरहेकाले यस्ता परियोजनालाई सफल बनाउनु सबैको दायित्व भएको धारणा राख्नुभयो ।
पर्यटनविद् बलबहादुर आचार्यले परियोजना नयाँ भएका कारण प्रश्न उठ्नु स्वभाविक भए पनि यस क्षेत्रको कृषि पर्यटन र ऊर्जाको विकासका लागि ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्राध्यापक तथा लेखकहरु ऋषि आजाद, तिलक भुसाल, नुरजङ्ग केसी, दामोदर घिमिरे, बलबहादुर पाण्डे, माधव पौडेल, कृष्ण रेग्मीलगायतले कालीगण्डकी डाइभर्सनले पार्ने दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर गण्डकी र लुम्बिनी प्रदेशबीच समन्वय गरी साझा परियोजनाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । रासस
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















