भारतीय एसएसबीको ज्यादती विरुद्ध वालिङमा युवाद्वारा प्रदर्शन
वालिङ,१६ साउन– महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका एक युवा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनालाई लिएर वालिङमा विरोध प्रदर्शन भएको छ ।
वालिङमा गैह्रराजनीतिक युवा समुहले विरोध प्रदर्शन गरेको हो । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिदा जयसिंह धामी महाकालीमा खसेर वेपत्ता हुनुभएको थियो । युवाहरुले सिमा क्षेत्रमा बस्ने नेपाली दाजुभाईहरुको सुरक्षाको माग गर्दै वालिङमा विरोध प्रदर्शन गरेका हुन् । युवाहरुको समुहले वालिङमा कोण सभा समेत गरेका थिए ।
कोण सभामा सिमा क्षेत्रमा बसेका नेपालीहरुको सरकारले सुरक्षा गर्नुपर्ने बताउदै भारतीय ज्यादतीको चर्को विरोध गरेका थिए हात–हातमा प्लेकार्ड बोकेका युवाहरुले भारतीय एसएसबीको ज्यादती विरुद्ध नेपाल सरकारले तुरुन्तै कारवाही गरी पिडितलाई न्याय दिन माग गरेका थिए ।
खुल्ला सिमानामा खुल्ला हत्या, सरकार जनताको सुरक्षा खोई ? नागरिकलाई कसले सुरक्षा दिन्छ ? जयसिंह धामी नेपाली नागरिक हैनन ? भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरुले भारतीय एसएसबीको अमानवीय अक्षम्य अपराध र हेपहा प्रवृत्ति विरुद्ध हदै सम्म कठोर कदम चाल्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
सामाजिक अभियान्ता दिनकर नेपाल र प्रकाश अर्यालकाे नेतृत्वमा भएको विरोध कार्यक्रमा आइतार इलाका प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम रहेको समेत बताइएको थियो । विरोध कार्यक्रममा सहभागि युवाहरुले नेपालको राष्ट्रिय झण्डा र सहित प्लेकार्डहरु बोकेका थिए ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















