पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैनः एमाले अध्यक्ष ओली

काठमाडौं, १६ साउन–   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

विघटित कार्यदलका सदस्यहरुले पार्टी एकताको पक्षमा गृहकार्य जारी राखेकै बेला अध्यक्ष ओलीको यस्तो भनाई आएको हो ।“आफ्नो पार्टीको अध्यक्ष नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, दक्षिणपन्थी सरकार बचाउन पार्टीको ह्वीप क्रस गराएर मतदान गर्नेलाई पार्टीमा स्थान दिन सकिदैन”उहाँले भन्नुभयो ।

एमाले नेतृत्वको सरकार ढल्नु भनेको जनताको सरकार ढल्नु हो भन्दै अध्यक्ष ओलीले अव मुलुकमा अस्थिरता शुरुभएको बताउनुभयो । पार्टी हित विरुद्ध काम गर्ने नेता तथा कार्यकर्तालाई छुट दिन नसकिने पनि उहाँले बताउनुभयो । देशको समृद्धिका लागि आगामी निर्वाचनमा पुनः एमालेलाई बहुमत दिन ओलीले जनतासँग आग्रह गर्नुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal