विकासमा सामुहिक पहल आवश्कः नगर प्रमुख खाँण

वालिङ,१५ साउन– वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले विकासको लागि सामुहिक पहल अवश्यक भएको बताउनुभएको छ ।

सामुहिक पहल बिना विकास गर्न नसकिने नगरप्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा भएका गतिविधिहरुको तथ्यांकलाई तुलना गर्दै आगामी आर्थिक वर्षका योजनाहरु बनाउने र त्यसको कार्यान्वयनमा जोड दिंदै अगाडि बढ्नुपर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
“नगरका सबै वडा र विभिन्न शाखाहरुले गरेका असल अभ्यासहरुको अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागे मात्रै उपलब्धी देखिन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यस अगाडिका तथ्याङ्कहरुको तुलनात्मकरुपमा अध्ययन गरेपछि कहाँ छौं, कस्तो अवस्थामा छौं भन्ने जानकारी प्राप्त हुने र आगामी दिनमा लक्ष्य प्राप्तिका लागि नयाँ र रचनात्मक योजना बनाउँदै प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्न सहयोग पुग्ने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडा गत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताउनुभयो ।
उहाँले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाकाबारेमा जानकारी भई अबका लागि योजना बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

आज(शुक्रबार) पहिलो दिन नगरपालिकाका १४ वटा वडाका वार्षिक प्रगतिकाबारेमा वडा सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
आइतबार नगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्ने र समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखकोरुपमा राख्नुकासाथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने नगरपालिकाले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal