कांग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, क्रियाशील सदस्यताबारे छलफल
काठमाडौं,१५ साउन– सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा छलफलमा जुट्नुभएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरु बूढानीलकण्ठमा बैठक बस्न लाग्नुभएको पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गोमा पु-याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई पुनः प्रदान गरियो । हिजो बूढानीलकण्ठस्थित प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समितिले अन्तिम प्रतिवेदन बुझाइसकेको छ भने क्रियाशील सदस्यताबारे विवाद टुङ्गोमा पु-याउन केन्द्रीय नेताहरुलाई पाँच दिनको समय दिइएको छ ।
शुक्रबार सभापति देउवासहित, वरिष्ठ नेता पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु बैठकमा बस्दै हुनुहुन्छ । बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा नेताहरुले छलफल गर्नुहुने अधिकारीले बताउनुभएको छ । गोरखापत्र
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















