कांग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, क्रियाशील सदस्यताबारे छलफल

काठमाडौं,१५ साउन– सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा छलफलमा जुट्नुभएकाे छ  । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरु बूढानीलकण्ठमा बैठक बस्न लाग्नुभएको पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गोमा पु-याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई पुनः प्रदान गरियो । हिजो बूढानीलकण्ठस्थित प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समितिले अन्तिम प्रतिवेदन बुझाइसकेको छ भने क्रियाशील सदस्यताबारे विवाद टुङ्गोमा पु-याउन केन्द्रीय नेताहरुलाई पाँच दिनको समय दिइएको छ ।

शुक्रबार सभापति देउवासहित, वरिष्ठ नेता पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु बैठकमा बस्दै हुनुहुन्छ । बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा नेताहरुले छलफल गर्नुहुने अधिकारीले बताउनुभएको छ । गोरखापत्र

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal