एमालेको आन्तरिक विवादमा सहमतिको प्रयास जारी, शनिबारसम्म सहमतिको प्रयास हुने

काठमाडौं,१५ साउन–  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आन्तरिक विवादमा सहमति खोज्ने प्रयास जारी छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ ।

अध्यक्ष ओलीले शनिबारसम्म सहमतिको प्रयास गर्न आफू पक्षका नेताहरुलाई निर्देशन दिनुभएकाले दोस्रो तहका नेताहरु नेता नेपालसँग विहीबारदेखि नै नियमित छलफल र संबाद गरिरहनुभएको छ । नेता सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल पछिल्लो समय नेता नेपालसँग भेटी परामर्श गरिरहनुभएको छ । हिजो नेता नेम्वाङले नेता नेपालसँग आन्तरिक छलफल गर्नुभएको थियो । आज नेता पौडेलले छलफल गर्नुभयो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले भोलि शनिबारसम्म सहमतिको प्रयास गर्ने समय दिनुभएको र सो समयभित्र सहमति हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । लामो समय सहमतिका लागि लागिरहँदा अन्य काम प्रभावित हुने भन्दै अध्यक्ष ओलीले पार्टीको नियमित कामकाज आइतबारदेखि अगाडि बढाउन निर्देश गर्नुभएको छ । सम्भवतः आइतबारसम्म स्थायी कमिटी बैठक बसी पार्टीको आन्तरिक कामलाई गतिदिने निर्णय गर्नसक्ने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो ।

एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा साउन १५ को अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय सचिव तामाङका अनुसार नेताहरुलाई जमघट गराएर खीर खाई सौहाद्रपूर्ण वातावरण निर्माणको प्रयास गरिएको बताउनुभयो । सो अवसरमा महासचिव ईश्वर पोखरेलले पार्टीको आन्तरिक समस्या समाधानका लागि प्रयास भइरहेकाले चाँडै सहमति हुनेमा विश्वास व्यक्त गर्नुभयो । खीर खाने कार्यक्रममा नेता नेपाल पक्षका नेताहरु भने सहभागी नहुनुभएको नेता तामाङले जानकारी दिनुभयो । निमन्त्रणा भने सबैलाई गरिएको उहाँले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal