अबदेखि कान्तिपुर डेन्टल अस्पताल पोखरामा ओपीजी सेवा

स्याङ्जा, १३ साउन– कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल अस्पताल पोखराले मुख तथा दन्त उपचारमा प्रयोग हुने अत्याधुनिक एक्सरे मेसिन ‘अर्थोप्यान्टोमो ग्राम तथा सेफालोग्राम ओपीजी सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई मध्यनजर गरेर थप सेवा सुविधा सहितको नयाँ प्रविधि भित्राइएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले यो प्रविधि दाँत र मुखसँग सम्बन्धित समस्याहरु समाधान गर्न सहयोगी हुने बताउनुभयो । उहाँले यो प्रविधिबाट नमिलेको दाँत मिलाउने अर्थो डोन्टिक दाँतको जरैदेखीको उपचार आरसीटी गिजा सम्बन्धि सम्पुर्ण रोगहरु र अन्य समस्याहरुको पहिचान गरी सजिलै उपचार गर्न सकिने जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट मान्यता प्राप्त कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल हस्पिटल विगत लामो वर्षदेखी गण्डकी प्रदेशको एकमात्र दन्त अस्पतालको रुपमा पोखराको न्युरोडमा संञ्चालन हुदै आइरहेको छ ।
यस अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त्त अस्पतालले २०६२ सालबाट डेन्टल हाइजिन जस्तो मुख तथा दन्त स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ भने विगत २ वर्षदेखी डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डाइग्नोष्टिक रेडियोग्राफी जस्तो प्राविधिक शिक्षा पनि दिदै आइरहेको छ ।

कान्तिपुर डेण्टल अस्पतालका अध्यक्ष एवं सञचालक डा बुद्धिमान श्रेष्ठले थप गरिएका सेवाहरुबाट विरामीको उपचारमा था सहयोग पुगने बताउनुभयो । नयाँ प्रविधिको प्रयोग संगै बाङ्गोटिङ्गो दातको साथै अनुहारमा लागेको चोटपटक, मुख भित्रको सिस्ट टुयुमर लगायतको उपचार गर्न सकिने अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal