फेदीखोला गाउँपालिकाद्वारा खानेपानीको विद्युत महशुलमा अनुदान


स्याङ्जा,११ साउन– फेदीखोला गाउँपालिकाले पालिका भीत्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताहरुको लागि अनुदान वितरण गरेको छ ।
गाउँपालिकाले पालिकामा रहेका खानेपानीको विद्युत महशुल तिर्दै आएका उपभोक्ताको लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताहरुको सहयोगका लागि गाउँपालिकाले वर्ष भरिको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “हामी गाउँपालिकाबाट उपभोक्तहरुलाई सहयोग पुगोस भनेर उपभोक्ता समितिलाई विद्युत महशुलमा अनुदान दिएकाछौ, यसले उपभोक्ताहरुलाई पक्कै पनि धेरै सहयोग पुग्नेछ ।” लिफ्टिङ प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढि खर्चिलो हुनेभएकाले उपभोक्ताले बढि शुल्क तिर्नुपर्ने भएकाले थोरै भएपनि सहयोग पुगोस भनेर गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीले सोमबार उपभोक्ता समिति मार्फत अनुदान गरकम उपलब्ध रागइएको समेत जानकारी दिनुभयो । पालिका भीत्र रहेका सात वटा उपभोक्ता समितिलाई तीन लाख रुपैयाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal