फेदीखोला गाउँपालिकाद्वारा खानेपानीको विद्युत महशुलमा अनुदान
स्याङ्जा,११ साउन– फेदीखोला गाउँपालिकाले पालिका भीत्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताहरुको लागि अनुदान वितरण गरेको छ ।
गाउँपालिकाले पालिकामा रहेका खानेपानीको विद्युत महशुल तिर्दै आएका उपभोक्ताको लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताहरुको सहयोगका लागि गाउँपालिकाले वर्ष भरिको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “हामी गाउँपालिकाबाट उपभोक्तहरुलाई सहयोग पुगोस भनेर उपभोक्ता समितिलाई विद्युत महशुलमा अनुदान दिएकाछौ, यसले उपभोक्ताहरुलाई पक्कै पनि धेरै सहयोग पुग्नेछ ।” लिफ्टिङ प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढि खर्चिलो हुनेभएकाले उपभोक्ताले बढि शुल्क तिर्नुपर्ने भएकाले थोरै भएपनि सहयोग पुगोस भनेर गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
अध्यक्ष सुवेदीले सोमबार उपभोक्ता समिति मार्फत अनुदान गरकम उपलब्ध रागइएको समेत जानकारी दिनुभयो । पालिका भीत्र रहेका सात वटा उपभोक्ता समितिलाई तीन लाख रुपैयाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार























