गाउँघरमै पशुपालन ब्यावसायबाट लाखौ आम्दानी गर्दै टीका


गोपाल जिटी

वालिङ,११ साउन– गाउँमा पशुपालन गरेर महिनामा लाखौं कमाई गर्न सकिन्छ भनेर धेरैले विश्वास गर्न नसकिरहेका बेला गल्याङ २ कि एक महिलाले चुनौति दिनुभएको छ । गल्याङ २ इलुङ्गाकी टीका कुमारी रानाले पशुपालन व्यवसाय गरेर महिनामा द्ुई लाख भन्दा बढि कमाई गरेर उदाहरणीय बन्नुभएको छ ।
आँट र जाँगर हुने हो भने घर गाउँमै महिनामा लाखौं कमाउन सकिन्छ भन्ने उहाँको गाईपालन फर्मले पुष्टी गरेको छ । श्रीमान विदेश गएका कतिपय महिलाहरु शहर केन्द्रित हुने र विलासी जीवनमा रमाउने गरिरहेका छन् भने टीका कुमारीले २०७७ मंसिरदेखि गाउँमै गाईपालन सुरुगर्नुभएको हो । अरुको कमाइमा एकछिन रमायो, केही समयपछि समस्याले गाँजेर टाउको समाउनु भन्दा पेशा गरेर आय आर्जनमा जुट्नसके खुसी हुन सकिन्छ भन्ने टीका कुमारीको विश्वास छ ।
यति बेला टीका कुमारीको फर्ममा ५ वटा गाई र एक वटा स्थानीय जातको भैंसी छन् । संख्याका हिसावले त्यति धेरै अवस्य होइन तर राम्रोसँग पालन पोषण गर्ने हो भने थोरैबाट पनि धेरै उत्पादन लिन सकिन्छ भन्ने नमूना बनेको छ, टीका कुमारीको हर्षित पशुफर्म । त्यसैले त यति छोंटो समयमै पनि उहाँको फर्म हेर्न टाढा टाढादेखि आउने गर्दछन् । दैनिक १ सय २९ लिटर दूधबाट टीका कुमारीले मासिक दुई लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
पहिला त श्रीमानले नगर, दुःख हुन्छ, बालबच्चा सानै छन्, उनिहरुको पढाइ लेखाई र आमाको हेरचाह गरेर बस भन्नुहुन्थ्यो । उहाँले त्यसो भन्दैमा मेरो मनले मानेन, किनकि उहाँ हाम्रो सुखका लागि विदेशको चर्को घाममा खटिनुभएको छ भने मैले पनि केही गर्नुपर्छ भनेर गाईपालन गर्न लागेको टीका कुमारीले बताउनुभयो ।
पशुपालनमा लगानी गरेर के हुन्छ र यो बौलाउन थालीसम्म भन्ने छिमेकीहरु पनि अहिले लोभिएको देख्दा आफुलाई खुसी लागेको टीका कुमारी बताउनुहुन्छ ।

बजारीकरणको लागि साना किसान कृषि सहकारीले सञ्चालन गरेको दूध डेरीले खरिद गरिदिने भएपछि विक्रिको लागि कुनै समस्या छैन । यसका साथै दूध उत्पादक किसानहरुका लागि नगरपालिकाले दिने गरेको प्रति लिटर १५ रुपयाँले पनि उनलाई महिनामा झण्डै साठी हजार प्राप्त हुन्छ छ । भने यसले पनि काम गर्न थप हौसला मिलेको टीकाले बताउनुभयो । यसका साथै रानाले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पराल काट्ने मेशिन समेत पाउनुभएको छ ।
उहाँले मासिक एकजना महिलालाई रु १५ हजारको रोजगारी समेत दिनुभएको छ । अरुले के भन्छन् भनेर अल्मलिनु हुँदैन, भित्री मनबाट गर्छु भनेर लाग्ने हो भने सकिदो रहेछ, जुन आँपूmले गरिरहेको रानाको भनाई छ ।
धेरै दिदी बहिनीहरुका श्रीमान विदेश गएका छन्, कतिपय यतिकै खाली बस्ने र त्यही एउटाको कमाइमा भर पर्ने गर्नुहुन्छ, त्यसै खाली नबस्नुस्, केही न केही काम गर्नुस भन्ने टीका कुमारीको सुझाव छ । आप्mनो लागि आँपैm गर्नुपर्छ, अरुको मुख ताक्नुहुँदैन भन्ने पनि उनको धारणा छ । अधिकार चाहियो भनेर हुँदैन, काम गरेर पनि देखाउनुपर्छ । कसैले काम गर्न दिदैन भने त्यहाँ अधिकार खोज्ने हो, यसै बसेर अधिकारका कुरा गर्नु मुर्खता हुने उहाँको विचार छ ।
जीवनमा पैसा नभै हुँदैन, काम गरेर सानो बनिदैन,रोजगारीका साथै कमाइं पनि हुन्छ भने किन नगर्ने ? प्रत्येक महिलाहरु आय आर्जनमा जुट्न सक्यौं भने मात्र हामी सुखी र खुसी हुन सक्छौं । पैसाकै लागि धेरै दाजुभाई विदेशिनु भएको छ, त्यही पैसा यहीँ कमाइन्छ भने यो भन्दा सजिलो र राम्रो अरु के हुन सक्छ र ? त्यसैले पनि हामी सबैले आय आर्जन हुने गरी काम गर्नुपर्ने टीकाको भनाइ रहेको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal