बाँझो जमिनमा खेति गर्नेलाई फेदीखोलाको नगद अनुदान
कला राना
स्याङ्जा,१० साउन–फेदीखोला गाउँपालिकाले बाँझो जमिनमा खेति गर्ने कृषकलाई अनुदान दिने गरेको छ । गाउँपालिकाले अनुदान दिनथालेपछि खेतियोग्य जमिनको क्षेत्र बढेको छ । लामो समय सम्म बाँझो रहँदै आएको जमिनको उपयोग गरी खेति गरेका किसानलाई पालिकाले अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । आफ्नै जमिनमा खेति गर्नेलाई २ हजार र जमिन भाडामा लिएर खेति गर्ने किसानलाई प्रतिरोपनी २५ सयका दरले अनुदान दिने गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले बाँझो जग्गामा खेति गर्ने किसानहरुलाई ५ लाख ९५ हजार रुपैँया अनुदान वितरण गरेको छ । गत वर्षमा वडा नं. १ मा ९२.५ रोपनी, २ मा ५५ रोपनी, ३ मा १२, ४ मा १६ र ५ नं. वडामा ४९ रोपनी गरी २७० रोपनी बाँझो जग्गामा खेति गरिएको छ । गाउँपालिका अध्यक्ष सुवेदीले भन्नुभयो, “खेतियोग्य जमिन बाँझिन थालेपछि हामीले यो अनुदान कार्यक्रम ल्याएका हौँ । यस कार्यक्रमले कृषि पेशामा स्थानीयको आर्कषण बढेको छ ।
अघिल्लो वर्ष १७ सय ३४ रोपनी क्षेत्रफल बाँझो जमिनमा खेति गरिएको थियो भने २०७७÷०७८ मा २७० रोपनी बाँझो जमिनमा खेति गरिएको छ । वषौँदेखि बाँझो २ हजार ४ रोपनी जमिनमा खेति गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । २०७६÷०७७ देखि गाउँपालिकाले ‘खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि अयात प्रतिस्थापन’ कार्यक्रम मार्फत बाँझो जमिनमा खेति गर्नेलाई अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । बाँझो जग्गामा कसैले धान, कोदो खेति गरेका छन् भने केहिले व्यवसायिक तरकारी खेति समेत गरेका छन् ।
अध्यक्ष सुवेदीले भन्नुभयो, “कोभिडको महामारीले हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यो लकडाउनमा कृषकलाई प्रोत्साहन गर्ने प्रयास ग¥यौँ । अघिल्लो वर्षबाट शुरुवात गरेका थियौँ । गत वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाएको छ ।” पालिकाले कृषकहरुलाई कृषि तथा पशुपालनमा टिकाईराख्नका लागि प्राविधिक सहयोग, विउविजन सहयोग समेत गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























