बाँझो जमिनमा खेति गर्नेलाई फेदीखोलाको नगद अनुदान
कला राना
स्याङ्जा,१० साउन–फेदीखोला गाउँपालिकाले बाँझो जमिनमा खेति गर्ने कृषकलाई अनुदान दिने गरेको छ । गाउँपालिकाले अनुदान दिनथालेपछि खेतियोग्य जमिनको क्षेत्र बढेको छ । लामो समय सम्म बाँझो रहँदै आएको जमिनको उपयोग गरी खेति गरेका किसानलाई पालिकाले अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । आफ्नै जमिनमा खेति गर्नेलाई २ हजार र जमिन भाडामा लिएर खेति गर्ने किसानलाई प्रतिरोपनी २५ सयका दरले अनुदान दिने गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले बाँझो जग्गामा खेति गर्ने किसानहरुलाई ५ लाख ९५ हजार रुपैँया अनुदान वितरण गरेको छ । गत वर्षमा वडा नं. १ मा ९२.५ रोपनी, २ मा ५५ रोपनी, ३ मा १२, ४ मा १६ र ५ नं. वडामा ४९ रोपनी गरी २७० रोपनी बाँझो जग्गामा खेति गरिएको छ । गाउँपालिका अध्यक्ष सुवेदीले भन्नुभयो, “खेतियोग्य जमिन बाँझिन थालेपछि हामीले यो अनुदान कार्यक्रम ल्याएका हौँ । यस कार्यक्रमले कृषि पेशामा स्थानीयको आर्कषण बढेको छ ।
अघिल्लो वर्ष १७ सय ३४ रोपनी क्षेत्रफल बाँझो जमिनमा खेति गरिएको थियो भने २०७७÷०७८ मा २७० रोपनी बाँझो जमिनमा खेति गरिएको छ । वषौँदेखि बाँझो २ हजार ४ रोपनी जमिनमा खेति गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । २०७६÷०७७ देखि गाउँपालिकाले ‘खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि अयात प्रतिस्थापन’ कार्यक्रम मार्फत बाँझो जमिनमा खेति गर्नेलाई अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । बाँझो जग्गामा कसैले धान, कोदो खेति गरेका छन् भने केहिले व्यवसायिक तरकारी खेति समेत गरेका छन् ।
अध्यक्ष सुवेदीले भन्नुभयो, “कोभिडको महामारीले हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यो लकडाउनमा कृषकलाई प्रोत्साहन गर्ने प्रयास ग¥यौँ । अघिल्लो वर्षबाट शुरुवात गरेका थियौँ । गत वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाएको छ ।” पालिकाले कृषकहरुलाई कृषि तथा पशुपालनमा टिकाईराख्नका लागि प्राविधिक सहयोग, विउविजन सहयोग समेत गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार























