अर्जुनचौपारी गाउँपालिकाद्वार किसानलाई बाख्रा वितरण

वालिङ,८ साउन– अर्जुनचौपारी गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ लाई शुक्रबार बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गर्दै किसानहरुलाई बाख्रा वितरण गरेको हो ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो । गाउँपालिकाबाट प्राप्त बाख्राबाट किसानले राम्रो आम्दानी लिनुका साथै ब्यावसायीक बन्नेमा अध्यक्ष अर्यालले विश्वास ब्याक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ गाउँघरमै ब्यावसायीक किसान तयार गर्दै रोजगारी सिर्जना गर्ने योजना अनुसार ५० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको बताउनुभयो । ५० जना किसानलाई प्रति किसान ५ वटाका दरले बाख्रा वितरण गरिएको र ४ वटा उन्नत जातको बोका समेत वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
किसानलाई वितरण गरिएका बाख्राको विमा गर्नुका साथै बाख्राको लागि आवश्यक औषधी पनि उपलब्ध गराईनुका साथै तालिम समेत दिइएको थियो । गाउँपालिकाले गाउँघरमै आएर बाख्रा उपलब्ध गराएपछि किसानहरु उत्साहित भएकाछन् ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष ख्यामनारायण खनाल र कृषि शाखा प्रमुख सुदिप रेग्मीले बाख्राको राम्रो पालनपोषण गरेर राम्रो आम्दानी लिन किसानहरुलाई आग्रह गर्नुभएको थियो ।

गाउँपालिकाको पशुसेवा शाखा अन्तरगत शर्सत साना ब्यावसायीक कृषि उत्पादन केन्द्र बाख्रा पकेट सम्बन्धी १५ लाख रुपैयाको अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुदान र डहरे देउराली साना किसान कृषि सहकारी संस्थाको समन्वयमा बाख्रा वितरण गरिएको हो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal