कृषकलाई भैंसी वितरण
फाइल तस्विरः
वालिङ,८ साउन– वालिङ नगरपालिकाले कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरभित्रका ९, १३ र १४ नम्बर वडाका ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।
सो कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत रु. २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा करीब रु. ५३ लाखको लागतमा सो कार्यक्रम गरिएको हो ।
भैंसीपालनका लागि संभावित ठाउँ तथा कृषकहरुको मागका आधारमा तीन वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
परम्परागतरुपमा भैंसीपालन गर्दै आउनुभएका कृषकहरुलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरीद गरेको पशु शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
हाल तीनवटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैंसी खरीद गरेका डा. अधिकारीले जानकारी दिनुभयो ।
परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकहरुलाई ब्यवसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोही अनुसार कार्य अगाडि बढाएको हो ।
“कृषकहरुको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएका छौं” डा. अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालीम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरणहरु सहयोग गरिएको छ ।”
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार























