गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार


पोखरा,८ साउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  मन्त्रीपरिषद् विस्तार विस्तार गर्नुभएको छ । प्रदेश सरकार गठन भएको डेढ महिनापछि मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले शपथ गराउनुभएको हो ।

जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सरकारका ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुङ्गाउँन नसकेपछि लामो समय मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको थिएन । नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र)का तर्फबाट तीन÷तीन जना मन्त्री नियुक्तपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको मुख्यमन्त्रीका प्रेस सँयोजक भरत कोइरालाले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसकातर्फबाट स्याङ्जाका मेखलाल श्रेष्ठ,  कास्कीका विन्दुकुमार थापा र बागलुङका मणीभद्र शर्मा कँडेल,   माओवादी केन्द्रको तर्फबाट स्याङ्जाका दिपक थापा चर्ती मगर , बागलुङका चन्द्रबहादुर ब्ुढा र कास्कीका रामजी बरालले शुक्रबार मन्त्रीपरिषद्को शपथ लिनुभएको हो।
यस अगाडि शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालय मेखलाल श्रेष्ठलाई,  मणिभद्र शर्मा कँडेललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विन्दुकुमार थापालाई कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय, माओवादी केन्द्रका रामजी बराललाई अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढालाई भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र दीपक थापा चर्ती मगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal