मृगौला पीडित थापालाई ९ लाख सहयोग रकम हस्तान्तरण
हरि अधिकारी
गल्याङ,२७ असार– गल्याङ नगरपालिका ७ पटकाङ्का २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ । होमबहादुर थापा बचाउ अभियानमार्फत संकलन संकलन गरिएको ९ लाख ११ हजार १ सय २८ रुपैयाको चेक गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले थापाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक संजाल मार्फत थापाको उपचारमा सहयोग पर्याउने उद्देश्यले असार १ गते देखि सहयोग रकम संकलन अभियान सञ्चालन गरिएको थियो । विश्वभर छरिएर रहेका नेपालीले अभियानमा सहयोग पुर्याएकाछनन् । संकलित सहयोग रकम मध्ये दक्षीण कोरियाबाट रमेश अधिकारी लगायतको नेतृत्वमा ३ लाख ६२ हजार ३ सय ७५ र अन्य मुलुकबाट संयोजक शिव अधिकारी लगायतको पहलमा कुल ५ लाख ४८ हजार ७ सय ५३ रुपैयाँ संकलन गरिएको थियो ।
होमबहादुर थापा बचाउ अभियानका संयोजक शिव अधिकारीले रु २० हजार सहयोग दिएर सुरु गरिएको अभियान छोटो समयमै ९ लाख भन्दा माथी उठेको थियो ।
रकम हस्तान्तरण गर्दै नगरप्रमुख भुपराज अधिकारीले यो एउटा उदाहरणीय काम भएको र सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद समेत दिनुभयो । मृगौला पीडित होमबहादुर थापालाई थप उपचारको लागि पहल गर्ने बताउनुभयो ।
रकम संकलन अभियान कर्ता शिव अधिकारी र हरि अधिकारी उठेको रकम सहि तरिकाले बिरामीको उपचारमा सदुपयोग हुने कुरामा विश्वस्थ तुल्याउदै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















