कालीगण्डकी सामुदायिक विकास केन्द्रद्वारा कोभिड १९ को असर,चुनौती र सुरक्षा विषयक अन्तक्रिया


रामपुर,२५ असार– कालीगण्डकी सामुदायिक विकासकेन्द्र रामपुरको आयोजनामा कोभिड १९ को असर चुनौती र सुरक्षाका उपाय विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
सो अवसरमा सामुदायिक रेडियो रामपुरका कर्मचारी, रेडियो प्रतिनिधी तथा संचालक समिती बिचमा बिहीबार अन्तक्रिया गरिएको थियो । कोभिड १९ को जोखिम बढिरहेकोले केन्द्रले कोभिड नियन्त्रण र यसबाट जोगिने उपायका बारेमा अन्तक्रिया गरेको हो ।
कार्यक्रममा विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोख्रेलले २०६१ सालमा स्थापना भएको संस्थाले मेसिनरी सामग्री खरिद गरेर ढिलो भएपनि कार्यालय व्यवस्थापनमा लागेको बताउनुभयो । उहाँले आफूहरुले माग गरे अनुसार नै संचारमन्त्रालयबाट प्राप्त दुई लाख रुपैया बजेटबाट कार्यालय स्थापना गरी कम्प्युटर, प्रिन्टर लगायतका सामग्री खरिद, कोभिड १९ को असर, चुनौती र सुरक्षाका उपाय विषयक अन्तरक्रिया तथा कालीगण्डकी विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरका कर्मचारी, संचालक समिती, रेडियो प्रतिनिधी अन्तरक्रिया कार्यक्रम समेत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष बासुदेव देवकोटाले केन्द्रद्वाारा संचालित सामुदायिक रेडियो रामपुर पूर्वी पाल्पामा पहिलो संचारसेवाका रुपमा विकास भएर राष्ट्रिय स्तरमा पहिचान बनाउने र थुप्रै पत्रकार जन्माउनु गर्भको कुरा रहेको बताउनुभयो । देवकोटाले जनताको मुठीदानबाट संचालन भएको रेडिया स्थापना कालदेखि अहिले सम्म समय पनि धेरै परिवर्तित भएकोले समय अनुसारका समाचार, कार्यक्रम तयार गर्दै निश्पक्ष सूचना संप्रेषण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो रामपुरका पूर्व स्टेशन प्रवन्धक सुकदेव पोख्रेलले पूर्वीपाल्पामा स्थापना भएर गण्डकीवेशीका चारजिल्ला पाल्पा सहित स्याङ्जा,तनहूँ,नवलपरासी,लगायत अहिले संसारभर पहिचान बनाएकोमा जोड दिनुभयो । विगतमा जनताको मुठि दानबाट शुरुवात भएको रेडियो जनताले घाँस दाउराका भारी अहिले पनि सहयोग गर्दै चलेको उल्लेख गर्दै आफ्नै भवनबाट सेवा दिनु सुखद भएको र करिब १२ वर्ष अघिका पुराना सामग्रीबाटै भन्दा अब नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । पूर्व प्रवन्धक पोख्रेलले रामपुुर डुम्रिगाउँमा रहेको आधारभुत माध्यामिक विद्यालयमा महायज्ञमा सम्झौता भए अनुसार रेडियोलाई १० प्रतिशत अर्थात ७० हजार रुपैया रेडियो संचालक समिती उपाध्यक्ष रामप्रसाद खत्रीलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा रामपुर अस्पतालका डाक्टर साकार ढकालले कोभिड १९ को जोखिम, चुनौती, र सुरक्षाका उपाय सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उहाँले पछिल्लो समय जोखिम झन बढेको बताउनुभयो । कोभिडका कारण मानिसमा हुने समस्या, घरमा र घरबाहिर निस्कदाँ अपनाउने सुरक्षाका उपाय सन्दर्भमा जानकारी दिनुभएको छ । डाक्टर ढकालले पछिल्लो समय अस्पतालमा दैनिक कोभिडका बिरामी आउने गरेको उल्लेख गर्दै कोरोना भाइरसको जोखिमका बेला संचारकर्मी पत्रकारले सचेत भएर सूचना संप्रेषण गर्नुपर्ने बताउनुभयो ।
कोभिड १९ विरुद्धको खोपको प्रभाव,मास्क प्रयोग, बालबालिका , जेष्ठ नागरिक लगायतका पारिवारिक सुरक्षाका उपायबारेमा समेत डा ढकालले प्रष्ट पार्नुभएको थियो । कोभिड सचेतना बृद्धि सँगै सामुदायिक रेडियो रामपुरको विकास र सुधार गर्नुपर्ने विषयमा छलफल समेत भएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal