कालीगण्डकी सामुदायिक विकास केन्द्रद्वारा कोभिड १९ को असर,चुनौती र सुरक्षा विषयक अन्तक्रिया
रामपुर,२५ असार– कालीगण्डकी सामुदायिक विकासकेन्द्र रामपुरको आयोजनामा कोभिड १९ को असर चुनौती र सुरक्षाका उपाय विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
सो अवसरमा सामुदायिक रेडियो रामपुरका कर्मचारी, रेडियो प्रतिनिधी तथा संचालक समिती बिचमा बिहीबार अन्तक्रिया गरिएको थियो । कोभिड १९ को जोखिम बढिरहेकोले केन्द्रले कोभिड नियन्त्रण र यसबाट जोगिने उपायका बारेमा अन्तक्रिया गरेको हो ।
कार्यक्रममा विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोख्रेलले २०६१ सालमा स्थापना भएको संस्थाले मेसिनरी सामग्री खरिद गरेर ढिलो भएपनि कार्यालय व्यवस्थापनमा लागेको बताउनुभयो । उहाँले आफूहरुले माग गरे अनुसार नै संचारमन्त्रालयबाट प्राप्त दुई लाख रुपैया बजेटबाट कार्यालय स्थापना गरी कम्प्युटर, प्रिन्टर लगायतका सामग्री खरिद, कोभिड १९ को असर, चुनौती र सुरक्षाका उपाय विषयक अन्तरक्रिया तथा कालीगण्डकी विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरका कर्मचारी, संचालक समिती, रेडियो प्रतिनिधी अन्तरक्रिया कार्यक्रम समेत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष बासुदेव देवकोटाले केन्द्रद्वाारा संचालित सामुदायिक रेडियो रामपुर पूर्वी पाल्पामा पहिलो संचारसेवाका रुपमा विकास भएर राष्ट्रिय स्तरमा पहिचान बनाउने र थुप्रै पत्रकार जन्माउनु गर्भको कुरा रहेको बताउनुभयो । देवकोटाले जनताको मुठीदानबाट संचालन भएको रेडिया स्थापना कालदेखि अहिले सम्म समय पनि धेरै परिवर्तित भएकोले समय अनुसारका समाचार, कार्यक्रम तयार गर्दै निश्पक्ष सूचना संप्रेषण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो रामपुरका पूर्व स्टेशन प्रवन्धक सुकदेव पोख्रेलले पूर्वीपाल्पामा स्थापना भएर गण्डकीवेशीका चारजिल्ला पाल्पा सहित स्याङ्जा,तनहूँ,नवलपरासी,लगायत अहिले संसारभर पहिचान बनाएकोमा जोड दिनुभयो । विगतमा जनताको मुठि दानबाट शुरुवात भएको रेडियो जनताले घाँस दाउराका भारी अहिले पनि सहयोग गर्दै चलेको उल्लेख गर्दै आफ्नै भवनबाट सेवा दिनु सुखद भएको र करिब १२ वर्ष अघिका पुराना सामग्रीबाटै भन्दा अब नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । पूर्व प्रवन्धक पोख्रेलले रामपुुर डुम्रिगाउँमा रहेको आधारभुत माध्यामिक विद्यालयमा महायज्ञमा सम्झौता भए अनुसार रेडियोलाई १० प्रतिशत अर्थात ७० हजार रुपैया रेडियो संचालक समिती उपाध्यक्ष रामप्रसाद खत्रीलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा रामपुर अस्पतालका डाक्टर साकार ढकालले कोभिड १९ को जोखिम, चुनौती, र सुरक्षाका उपाय सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उहाँले पछिल्लो समय जोखिम झन बढेको बताउनुभयो । कोभिडका कारण मानिसमा हुने समस्या, घरमा र घरबाहिर निस्कदाँ अपनाउने सुरक्षाका उपाय सन्दर्भमा जानकारी दिनुभएको छ । डाक्टर ढकालले पछिल्लो समय अस्पतालमा दैनिक कोभिडका बिरामी आउने गरेको उल्लेख गर्दै कोरोना भाइरसको जोखिमका बेला संचारकर्मी पत्रकारले सचेत भएर सूचना संप्रेषण गर्नुपर्ने बताउनुभयो ।
कोभिड १९ विरुद्धको खोपको प्रभाव,मास्क प्रयोग, बालबालिका , जेष्ठ नागरिक लगायतका पारिवारिक सुरक्षाका उपायबारेमा समेत डा ढकालले प्रष्ट पार्नुभएको थियो । कोभिड सचेतना बृद्धि सँगै सामुदायिक रेडियो रामपुरको विकास र सुधार गर्नुपर्ने विषयमा छलफल समेत भएको थियो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार






















