एमाले कार्यदलको बैठक भाेलिसम्म स्थगित, सहमतिको खाका तयार हुँदै
काठमाडौँ,२४ असार। नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय दश सदस्यीय कार्यदलको बैठक भोलि शुक्रबार ११ः३० बजेससम्मका लागि स्थगित भएको छ । सिंहदरवारस्थित अर्थमन्त्रालयमा साँझ ८ः१५ बजे छोटो समय चलेको बैठक थप गृहकार्य गर्ने भन्दै भोलिसम्मका लागि स्थगित भएको कार्यदलका सदस्यहरुले बताउनुभयो ।
आजको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहनुभएका सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । “कार्यदलस्तरमा सहमति बनेपछि पुनः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर अन्तिम टुङ्गो लगाउने हाम्रो तयारी छ” नेम्वाङले भन्नुभयो ।
वरिष्ठ नेता नेपालले पार्टीभित्र अध्यक्ष ओलीकै हैसियतमा बरावर शक्ति सन्तुलनको माग खोज्नुभएको चर्चा छ । कार्यदलले सो विषयलाई भने टुङ्गो लगाउन नसक्ने बताएको छ । त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच नै सहमति हुनुपर्ने र बाँकी विषयमा कार्यदलले सल्टाउने तयारी गरेको छ ।
सांगठनिक संरचनामा शक्ति सन्तुलनदेखि लिएर २०७५ जेठ २ अघिको हैसियतमा एमालेको सांगठनिक गतिविधि सुचारु गर्ने विषयमा दुवै पक्षबीच मोटामोटी सहमति बनिसकेको कार्यदलका सदस्यहरुको भनाई छ । स्रोतःगोरखापत्र
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















