मनाङे सुत्रः माओवादी राति र म दिउँसोकाे भौतिक मन्त्री बन्ने, ८ अर्बकाे उनीहरुले र ८ अर्बकाे मैले काम गर्ने
दीपक मनाङे, मन्त्री
पोखरा,१३ असार– शुक्रबार मन्त्रालय निर्धारण भएको भनेर खबर आयो । म त एग्रिमेन्ट भएको मन्त्रालय नपाएसम्म जान्नँ भनेर पहिले नै भनेको हुँ । खेलकुद मन्त्रालय पो लिने भनेर खबर गरे । खेलकुदमा त सिस्टम बसाइसकेको छु । अब त्यहाँ अरु जो गएर पनि काम गर्न सक्छ । म भौतिकमा काम गर्ने इच्छा हो । सहमति पूरा नभएसम्म जिम्मेवारी लिन्नँ भनेर भनिसकेको छु ।
जसपासँग पनि कांग्रेसले सहमति गरेको रहेछ । अब सहमति पूरा नभई जसपा जान्छ जान्न उसकै कुरा हो । म त मसँगको सहमति पूरा नभएसम्म जान्नँ । माओवादीले पनि भौतिक डिमान्ड गरिरहेको छ । तर माओवादीसँग मेरो कुरा मिलिसकेको छ । १६ अर्बको बजेट माओवादी र म भएर चलाउने हो । बरु माओवादीले राती चलाउने, म दिउँसो चलाउने । १२÷१२ घन्टा चलाउने के । माओवादीले बेलुका ५ देखि बिहान ५ सम्म चलाउँछ । म बिहान ५ देखि बेलुका ५ सम्म चलाउँछु ।
जोक गरेको होइन । माओवादीले दिउँसोमा काम गरेर काम छैन भौतिकमा । माओवादीसँग कुरा मिलिसकेको हो । बीचमा अहिले कांग्रेसपनि मिसिन चाहेको छ । कांग्रेसलाई पनि स्थान दिन सकिन्छ । ३ पार्टीले ८÷८ घन्टा गरेर २४ घन्टा चलाउने । मलाई बिहानै ५ बजे उठ्न गाह्रो पनि हुन्छ । म दिउँसो १२ देखि ५ बजेसम्म चलाउँछु । कांग्रेसले बिहान चलाओस् ।
पहिला पृथ्वीसुब्बा दाइको सरकार पनि यसमै कुरा नमिलेर ढलेको हो । रामशरण बस्नेतलाई राति काम गर्नु भनेको मान्नुभएन । राति काम गर्न सक्दिनँ भनेपछि सरकारलाई साथ छाडिदिएँ । मिलेर गर्ने हो नि सबै मिलेर जनताको काम ।
पृथ्वीसुब्बा दाइलाई हामी रातिको मुख्यमन्त्री बनाइदिन पनि सक्छौं । काम नगर्नेलाई रातिको जिम्मेवारी दिने हो । अहिलेको प्रवक्ताले जेन्युन काम गरिरहनुभएको छ । तर मन्त्रालय भागभन्डामा समस्या आयो भने ५ जनाले मात्रै पनि चलाइदिन सक्छौं ।स्रोतः समाधान (समाधानकर्मी अनिष भट्टराईसँगको कुराकानी)
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















