मनाङे सुत्रः माओवादी राति र म दिउँसोकाे भौतिक मन्त्री बन्ने, ८ अर्बकाे उनीहरुले र ८ अर्बकाे मैले काम गर्ने

 दीपक मनाङे, मन्त्री

पोखरा,१३ असार– शुक्रबार मन्त्रालय निर्धारण भएको भनेर खबर आयो । म त एग्रिमेन्ट भएको मन्त्रालय नपाएसम्म जान्नँ भनेर पहिले नै भनेको हुँ । खेलकुद मन्त्रालय पो लिने भनेर खबर गरे । खेलकुदमा त सिस्टम बसाइसकेको छु । अब त्यहाँ अरु जो गएर पनि काम गर्न सक्छ । म भौतिकमा काम गर्ने इच्छा हो । सहमति पूरा नभएसम्म जिम्मेवारी लिन्नँ भनेर भनिसकेको छु ।

जसपासँग पनि कांग्रेसले सहमति गरेको रहेछ । अब सहमति पूरा नभई जसपा जान्छ जान्न उसकै कुरा हो । म त मसँगको सहमति पूरा नभएसम्म जान्नँ । माओवादीले पनि भौतिक डिमान्ड गरिरहेको छ । तर माओवादीसँग मेरो कुरा मिलिसकेको छ । १६ अर्बको बजेट माओवादी र म भएर चलाउने हो । बरु माओवादीले राती चलाउने, म दिउँसो चलाउने । १२÷१२ घन्टा चलाउने के । माओवादीले बेलुका ५ देखि बिहान ५ सम्म चलाउँछ । म बिहान ५ देखि बेलुका ५ सम्म चलाउँछु ।

जोक गरेको होइन । माओवादीले दिउँसोमा काम गरेर काम छैन भौतिकमा । माओवादीसँग कुरा मिलिसकेको हो । बीचमा अहिले कांग्रेसपनि मिसिन चाहेको छ । कांग्रेसलाई पनि स्थान दिन सकिन्छ । ३ पार्टीले ८÷८ घन्टा गरेर २४ घन्टा चलाउने । मलाई बिहानै ५ बजे उठ्न गाह्रो पनि हुन्छ । म दिउँसो १२ देखि ५ बजेसम्म चलाउँछु । कांग्रेसले बिहान चलाओस् ।

पहिला पृथ्वीसुब्बा दाइको सरकार पनि यसमै कुरा नमिलेर ढलेको हो । रामशरण बस्नेतलाई राति काम गर्नु भनेको मान्नुभएन । राति काम गर्न सक्दिनँ भनेपछि सरकारलाई साथ छाडिदिएँ । मिलेर गर्ने हो नि सबै मिलेर जनताको काम ।

पृथ्वीसुब्बा दाइलाई हामी रातिको मुख्यमन्त्री बनाइदिन पनि सक्छौं । काम नगर्नेलाई रातिको जिम्मेवारी दिने हो । अहिलेको प्रवक्ताले जेन्युन काम गरिरहनुभएको छ । तर मन्त्रालय भागभन्डामा समस्या आयो भने ५ जनाले मात्रै पनि चलाइदिन सक्छौं ।स्रोतः समाधान (समाधानकर्मी अनिष भट्टराईसँगको कुराकानी)

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal