चितुवाको आक्रमणबाट लाल बहादुर घाईते


स्याङ्जा,१३ असार– चितुवाको आक्रमणमा परेर एक व्याक्ति घाईते भएका छन् । गल्याङ नगरपालिका ७ का ३८ वर्षीय लाल बहादुर विक आज बिहान चितुवाको आक्रमणमा परेर घाईते हुनुभएको हो ।
गल्याङ नगरपालिका ७ पुलचोकमा रहेको खड्क बहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नुका साथै मानिसलाई समेत घाईते बनाएपछि बन कार्यालयका कर्मचारी जनप्रतिनिधीको रोहबरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षेती नहोस भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ रहेको छ ।
चितुवाको आक्रमणमा परेर घाईते हुनुभएका विकको गल्याङ नगर अस्पतालमा उपचार पछि घर फर्किएको र गोलीलागेर मृत्युभएको चितुवालाई बन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बिहान खड्क बहादुर गाहा बंगुरको लागि दाना लिएर खोरमा जादा चितुवाले तीन वटा बंगुरका पाठापाठी मारेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal