चितुवाको आक्रमणबाट लाल बहादुर घाईते


स्याङ्जा,१३ असार– चितुवाको आक्रमणमा परेर एक व्याक्ति घाईते भएका छन् । गल्याङ नगरपालिका ७ का ३८ वर्षीय लाल बहादुर विक आज बिहान चितुवाको आक्रमणमा परेर घाईते हुनुभएको हो ।
गल्याङ नगरपालिका ७ पुलचोकमा रहेको खड्क बहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नुका साथै मानिसलाई समेत घाईते बनाएपछि बन कार्यालयका कर्मचारी जनप्रतिनिधीको रोहबरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षेती नहोस भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ रहेको छ ।
चितुवाको आक्रमणमा परेर घाईते हुनुभएका विकको गल्याङ नगर अस्पतालमा उपचार पछि घर फर्किएको र गोलीलागेर मृत्युभएको चितुवालाई बन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बिहान खड्क बहादुर गाहा बंगुरको लागि दाना लिएर खोरमा जादा चितुवाले तीन वटा बंगुरका पाठापाठी मारेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal