सूर्योदय क्लब र रुम टु रीडद्वारा दुई पालिकालाई खाद्यान्न सहयोग
स्याङ्जा,१२ असार– रुम टु रिड, पढ्नका लागि कोठाको आर्थिक सहयोग र सूर्योदय क्लबको आयोजनामा भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाको सहकार्यमा दुई पालिकाका ६९ घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ ।
कोरोनाको महामारीले सृजित अभावका कारण खाद्य संकटमा रहेका परिवारका लागि सहयोग गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो । प्रति घर परिवारका लागि २५ किलो चामल, ५ किलो दाल, नुन, चिनी, तोरीको तेल, साबुन, चिउरा, मास्क सहयोग गरिएको क्लबले जनाएको छ । खाद्य संकट भएका परिवारका लागि यो सहयोगको कार्यक्रमले सहयोग पुग्ने बताउदै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सहकार्य गर्न भीरकोट नगरपालिका तयार रहेको बताउनु भयो ।
शैक्षिक क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको रुम टु रीड र सूर्योदय क्लबले कोरोना महामारीको अवस्थामा राहात सहयोगको लिएर गाउँपालिका सम्म आएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । करिव २ लाख १५ हजार बराबरको खाद्यान्नका साथै स्वास्थ्य सामग्री सहयोग गरिएको सूर्योदय क्लबले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार


























