पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान

पवित्रा घिमिरे

तानसेन,१२ असार– पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् । कृषकले खेतवारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ ।

जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिक रहेका बस्तीमा पसेर घरभित्रको अन्न समेत खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार, प्याक्लुक, सेरा खटाङ, मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराजलगायतका क्षेत्रमा कृषक बाँदरले खेती खाएपछि हैरान परेको गुनासो गर्छन् ।

रामपुर नगरपालिका—८ का कृषक कृष्णप्रसाद घिमिरेले लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताउनुभयो । मकै छर्दा माटोमै बिउ निकालेर खाने र उम्रिएपछि उखेलेर खाने तथा मकै पाकेपछि पनि खाने गरेको उहाँले बताउनुभयो । खेतमा लगाएका आलु, सिमी, बोडी, गोलभेँडा, प्याजलगायतका तरकारीदेखि आँप, लिचीलगायत फलफूल समेत बाँदरे नष्ट गरिदिएपछि किसनहरु हैरानमा रेका छन् । करीब एक सयको हाराहारीमा बाँदर आउने र पटकपटक लखेटे पनि दुःख दिन छाडेको छैन् ।

अहिले मकैलगायत बोडी, काँक्रा, भिन्डीलगायतका तरकारी खेतवारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरेपनि खाना खाएका बेला मौका छोप्ने गरेको कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । केही खेतहरु बाँझै रहेको कृषक बताउँछन् । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरेपनि खासै प्रभावकारी हुन सकेन ।

रामपुर नगरपालिका पाल्पा बाँदर नियन्त्रणका लागी अनुरोध गर्दै दुई वर्षअघि नै कृषकले निवेदन दिएका थिए । नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सोही वर्ष नै बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लाग्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरिएको जानकारी दिनुभएको थियो ।

केहीवर्ष अघि बेसार खेती गर्नुभएका जानकी अहिले केरा बिक्रीबाट वर्षमा लाखौं आम्दानी गर्नुहुन्छ । वर्षेनी बाँदरले दुःख दिन थालेपछि त्यसक्षेत्रका कृषकले मकै खेती गर्नै छाडेको कृषक भट्टराई बताउनुहुन्छ । रम्भा गाउँपालिका—३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पको रुपमा निमुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निमुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ ।

यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताएपनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ । रम्भाका कृषकलाई शतप्रतिशत अनुदानमा धानको बिउ वितरण, पालिकाको केही क्षेत्रमा कृषकलाई कृषिमा प्रोत्साहित गर्दै बङ्गुरपालन, भैंसीपालन, तरकारी खेती, कुरिलो खेती तथा सूर्यमूखी खेती र फलफूल पकेट क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिइएको पालिकाले जनाएको छ ।

पाल्पाको पूर्वखोलामा पनि बाँदरले खेती नष्ट पारेर हैरान पारेको क्षेत्रमा बेसार, अदुवालगायतका खेती गर्न पालिकाले प्रोत्साहित गर्दै आएको छ । पूर्वखोला गाउँपालिका ५ विरकोटमा करीब ३०० रोपनीभन्दा धेरै भिरालो खाली जग्गाहरुमा बेसार खेती गरिएको कृषक सावित्रा गैरे बताउनुहुन्छ । स्थानीय जिबिएच महिला कृषक समूहलाई पालिकाले पहिलो वर्ष रु एक लाख बजेट उपलब्ध गराएपछि करीब तीन वर्षअघिदेखि बेसार खेती थालिएको गैरेले बताउनुभयो ।
समूहका अनुगमन समिती संयोजक चन्द्रकुमार बर्मेलीले शुरुमा अर्घाखाँची जिल्लाबाट बेसारको बिउ ल्याएर खेती शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १३० क्विन्टल बिउ आवश्यक भएपनि ४० क्विन्टल बिउ तयार पारिएको थियो । समूहले आव २०७६÷७७ मा रु २३० देखि २४० का दरले रु ८० हजारको बेसार बिक्री गरेको थियो ।

महिला कृषक समूहले बेसार पिस्नी मेसिन खरीद गरी गाउँमै पिसानी कार्यबाट आयआर्जनको बाटो समेत रोजेको छ । दुई लाख रुपैयाँको कोष खडा गरी बचत गर्ने बानीको समेत विकास गरिएको महिलाहरुले बताएका छन् । स्थानीय स्तरमा उत्पादन भएको बेसार रुपन्देहीको बुटवलसम्म कृषकले बिक्रीका लागि पु¥याउने गरेका छन् । पाल्पाको तानसेन नगरपालिकाका केही स्थान, माथागढी, पूर्वखोला, बगनासकाली, निस्दी, तिनाउ गाउँपालिका र रामपुर नगरपालिकासँगै जिल्लाका अधिकांश पालिकाका कृषक बाँदरबाट हैरान बनेको गुनासो गर्छन् । रासस

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal