भीरकोट नगरपालिकाद्वारा ६८ करोड २६ लाखको बजेट सार्वजनिक

स्याङ्जा,११ असार– भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६८ करोड २६ लाख ४७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगर उपप्रमुख सीमा केसी कर्माचार्यले बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ३९ करोड ११ लाख ४२ हजार तथा पूँजीगत तर्फ रु १४ करोड १४ लाख ८० हजार विनियोजन गर्नुभएको छ ।
पूँजीगत खर्चमध्ये पूर्बाधार विकास क्षेत्रमा रु ९ करोड ९१ लाख , आर्थिक विकास क्षेत्रमा रु ७० लाख, सामाजिक विकास क्षेत्रमा रु १ करोड ९२ लाख २५ हजार, सुशासन तथा अन्तर सम्वन्धित (बन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु ७० लाख खर्च हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरीएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरीक राजश्वबाट रु ३ करोड ५० लाख, संघिय सरकार र गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने राजश्व बाँडफाडँवाट रु ८ करोड २६ लाख ९२ हजार, सरकारी वित्तिय हस्तान्तरणवाट रु ५५ करोड ७४ लाख ५५ हजार र अन्य स्रोतवाट रु ७५ लाख व्यहोेरिने वताइएको छ ।

नगरपालिकाले आगामी आगामी आर्थिक वषमा ‘समृद्ध भीरकोट, सुखी भीरकोटवासी’ नाराका साथ भीरकोट कोभिड १९ को माहामारीवाट जनजिवनलाई सहज वनाउने, व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने, भौतीक पूर्वाधारको निर्माण, स्वास्थ्य सेवाको दायरा विस्तार, रोजगारी सिर्जना गरी नगरको विकास गर्ने नीति तथा कार्यक्रमममा उलल्लेख छ । यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने, गर्भवतीलाई निःशुल्क अण्डा वितरण गर्ने, राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, भीरकोट नगर अस्पतालको स्तरोन्नती गर्ने, लगायतका कार्यक्रम छन् ।

नगरपालिकावाट सम्पादन हुने कामलाई पारदर्शी वनाउनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम, नगरमा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरुको लागि सीप तथा क्षमता विकास, वाडमा भएका योजना तथा कार्यक्रमहरुको अनुगमन, नगर र वडावाट संकलन कर दस्तुर सेवा शुल्क जस्ता कर तथा गैह्रकर संकलन कार्यलाई सहज र सूचना प्रविधिमैत्री वनाई राजश्व, लेखा तथा प्रतिवेदन प्रणालीलाई चुस्त वनाउन सफ्टवेर जडान, खानेपानी, सिंचाई,वाटो निर्माण, भौतीक संरचना निर्माण आदी जस्ता कार्यक्रममा आवश्यक वजेटको व्यवस्था गरीएको छ ।
आठौ नगर सभामा लेखा समितिका संयोजक कमल विकास त्रिवाठीले लोखा समिति प्रतिवेदन र विद्यायन समितिका संयोजक दिपेन्द्र केसीले भीरकोट नगरपालिकाको ऐन २०७८ प्रस्तुत गर्नुभएकोे थियो भने बजेट नगरसभावाट वहुमतले पारित भएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal