रम्भा गाउँपालिकाको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता
पाल्पा,११ असार– रम्भा गाउँपालिकाले कृषि तथा स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट ल्याएको छ । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रममार्फत ४६ करोड ८७ लाख रुपैंया बराबरको बजेट प्रस्तुत गरेको हो । बिहीबारदेखि शुरु भएको सभामा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले योजनाहरु संचालन गर्न गाउँपालिकाका कर्मचारिहरु लामो समय सम्म खटेर काम गरेको बताउनुभएको छ ।
कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा कोभिडका कारण बेरोजगार बनेका युवालाई कृषिमा प्रोत्साहित गर्दै कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने बताउनुभएको छ ।
उहाँले व्यवसायिक कृषकलाई ऋण तथा अनुदानको व्यवस्था, संस्थागत सुत्केरीलाई प्रोत्साहन, कोभिड नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन तथा तयारी, प्राविधिक शिक्षाको विस्तार, सूचना प्रविधि इन्टरनेटको पहुँच विस्तार कम्प्युटर शिक्षा, अग्रेजी शिक्षा संचालन गरिने नीति रहेको जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा रम्भामा शितभण्डार निर्माण,गरिने बाझो जग्गा राख्नेलाई निरुसाहित बनाउदै खाद्यन्न उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बनाउन भुमी बैंक स्थापना गरी कृर्षकलाई प्रोत्साहित गर्ने लगायतका कार्यक्रम राखिएको छ ।
त्यस्तै स्वास्थ्यमा कोभिड रोकथामका निम्ति उच्च प्राथमिकता दिदै परीक्षण, घरदैलोमा उपचार सेवा दिइने, उपचारमा अग्रभागमा रहेर खटिने स्वास्थ्यकर्मीलाई विषेश व्यवस्था गरिने लगायतका महत्वपूर्ण विषयलाई बजेटमा समावेश गरिएको छ । सुत्केरी महिलाका निम्ति पोषण युक्त खाना उपलब्धका लागि एक हजार ५ स रुपैया प्रदानलाई निरन्तरता दिइएको छ ।
धार्मिक तथा पर्यटकिय क्षेत्रको पहिचान, पर्यटन प्रवन्द्र्धनको गुरुयोजना निर्माण तथा सडकको पहुँच बृद्धि भएका सडकको स्तर उन्नती गर्ने निति पालिकाको छ । प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पुर्याउन एक घर एक धारा, उत्पाकत्व बृद्धि गर्न सिंचाईको प्रवन्ध, विद्युतपोलका सन्दर्भमा काठका पोल हटाई फलामको पोल राख्ने पूर्वाधार विकासका कामहरु योजनामा समेटिएको छ ।
प्राविधिक शिक्षालाई जोड दिदै विद्यालयमा कम्प्युटर जडान गरी इन्टरनेट तथा स्मार्ट बोर्डको जडान गरी प्रविधि मैत्री शिक्षालाई जोड दिदै एक शिक्षक एक ल्याप्टपको व्यवस्था गरिने बताइएको छ ।
लक्षित वर्गको विकासमा विशेष कार्यक्रम, जेष्ठ नागरिकलाई सम्मान, उद्योग तथा व्यवसाय विकास, र विस्तार लगायतका कार्यको निम्ति बजेट पेश गरिएको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















