पुतलीबजारको बजेट ८७ करोड २२ लाख, नगरपालिकालाई सुन्तलाको शहर बनाइने


स्याङ्जा,१० असार– पुतलीबजार नगरपालिकाले नवौं नगर सभा मार्फत पालिकाको ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ । नवौं नगर सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत भएको हो । नगरपालिकाका उपप्रमुख महेश पुरीले आर्थिक वर्ष २०७८÷०७९ को लागि ८७ करोड २२ लाखको बजेट प्रस्तुत गर्नुभएको होे । उपप्रमुख महेश पुरीले सभामा चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको बताउनुभयो ।

प्रस्तुत बजेटमा पुतलीबजार नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रमलाई आवश्यकता अनुसार बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिबी निवारण कार्यक्रम, भूमि व्यवस्था नीति तथा कार्यक्रमा बजेट छुट्याईएको छ ।
सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाईएको छ । सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।
नगर सभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो भने सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको विधेयक २०७८ प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बजेट बाहेकका प्रतिवेदनहरु सभाले पास गरेको छ । यस अघी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले कार्यपालिकाबाट पास भएको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख क्षेत्रीले सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धिले मात्रै नगरपालिकाको समृद्धि हुने बताउनुभयो । कर डर होईन, नगर विकासको भर हो भन्दै उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखिएको बताउनुभयो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal