पहिरो हटाउन चिनियाँ टोली परिचालन
काठमाडौँ,५ असार– तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभएको छ । उक्त नदी तामाकोशी नदीमा आएर मिसिने गर्छ । शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।
सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ । ‘हामी अहिले यसबारे छलफल गर्दैछौं । पहिरो खुलाउने क्रम जारी छ । पहिरो हटेपछि पानीको बहाव बढ्ने भएपछि केही ठाउँमा क्षति हुनसक्ने अनुमान गरिएको छ । त्यसैले स्थानीयलाई सचेत हुन अपिल गरेका छौं,’ उहाँले भन्नुभयो ।रोङ्सी खोलाको पानी तामाकोशीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















