निषेधाज्ञा खुकुलो हुँदै
देवबहादुर कुँवर
काठमाडौँ,५ असार– कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।
कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ । तर काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक उच्च अधिकारीका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन । आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुले गरिएको हो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















