खोला बढेपछि गाउँपालिकाले दिएको ट्याक्टरमा यात्रा
अमृतप्रसाद पौडेल
बेनी,५ असार– हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भारी वर्षाले गर्दा खोलामा पानीको बहाब बढेपछि गाउँपालिकाले ट्याक्टरको व्यवस्था गरेको छ । जिल्ला सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाले पैदलयात्रीका लागि ट्याक्टरको व्यवस्था गरेको छ ।
गाउँपालिकाकाले सर्वसाधारणका लागि सूचना प्रकाशन गरेरै दुई वटा ट्याक्टर व्यवस्था गरेको छ । घरपझोङ गाउँपालिकाको मार्फा खोलाको बाढीका कारणले साना गाडी र पैदल यात्रीलाई समस्या परेकोले यात्रुको सुविधाका लागि ट्याक्टर व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनुभयो । आचार्यका अनुसार अहिले पहिलो पटक बिहीबारदेखि लागु हुने गरी चार दिनका लागि व्यवस्था गरिएको र आवश्यकता अनुसार थप व्यवस्था गरिनेछ ।स्रोतः गोरखापत्र
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार























