स्याङ्जामा सक्रिय संक्रमितको संख्या घट्दो

कला राना
स्याङ्जा,४ असार– स्याङ्जामा कोरोना भाईरस सक्रिय संक्रमितको संख्या घटेको छ । शुक्रबार ४ सय २८ जना निको हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९७ मा झरेको हो । बिहीबार सक्रिय संक्रमितको संख्या ८ सय ०९ जना रहेको थियो । शुक्रबार ४ सय २८ जना निको हुँदा सक्रिय संक्रमित घटेका हुन् ।
सक्रिय संक्रमितहरु मध्ये ३ सय ६५ जना होम आइसोलेसनमा छन् भने आइसोलेसन सेन्टरमा २३ जना र ९ जना विभिन्न स्वास्थ्य संस्थामा सामान्य अवस्थामा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
जिल्लामा कोरोनाको दोस्रो लहरबाट ३ हजार ३२ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये २ हजार ५४१ जना निको भएका छन् भने ९४ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच शुक्रबार जिल्लामा १७ जनामा संक्रमण पुष्टी भएको छ । ३ जनाको पिसिआर परीक्षण गर्दा १ जना र ६२ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी १७ जनामा संक्रमण पुष्टी भएको हो । जिल्लामा २१ हजार २ सय ९९ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ४ हजार १ सय ९६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal