बंगुरका पाठापाठी वितरण


वालिङ,२९ जेठ– वालिङ नगरपालिकाको तीन ठाउँमा बंगुरका पाठापाठी वितरण गरिएको छ । नगरपालिकाले बंगुरपालनको संभावना भएका वालिङ ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रकारुपमा विकास गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले ती ठाउँहरुलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।बंगुरको पकेट क्षेत्र घोषणा गरिएका ठाउँमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधीेपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । कृषकहरुमा ब्यवसाय सञ्चालनका लागि दृढ ईच्छा र संकल्प भएमा नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख खाँणले बताउनुभयो । कृषकहरुलाई ब्यवसायिक बनाउनका लागि आवश्यक पर्ने सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।

सामूहिक वा ब्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक परेमा नगरपालिकाले बंैकहरुसँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको लागि बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने नरप्रमुख खाँणको भनाइ रहेको छ ।

चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो । नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरेर कार्यक्रमको सुरु गरिएको हो ।
पकेट क्षेत्रको रुपमा छनोट भएका अन्य ठाउँमा २÷३ दिनभित्रैमा कृषकहरुको माग अनुसार बंगुरका पाठापाठी वितरण गर्ने तयारी गरिएको छ । यस वर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal